विश्व विविध

कोलकातामा निर्माणाधीन भवन भत्किँदा दुई जनाको मृत्यु

नयाँ दिल्ली । पश्चिम बंगालको राजधानी कोलकातामा निर्माणाधीन भवन भत्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । कोलकाताको गार्डेन रीच क्षेत्रमा आइतबार मध्यराति भएको उक्त घटनामा परेर कम्तिमा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने दुवै महिला हुन् । यस दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी...

रुसको राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

मस्को । रुसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै पुटिनले जीत हाँसिल गरेका हुन् । उनी पाँचौँ कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अनुसार, जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । त्यतिबेला उनी...

अस्ट्रेलियामा सुन खानी भत्किँदा एक जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियामा सुन खानी भत्किँदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मेलबर्न नजिकको बलराटमा रहेको भिक्ट्री मिनरल्सले चलाएको उक्त खानीमा ५०० मिटरको पत्थरको थुप्रो खस्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ३७ वर्षीय एक पुरुष रहेका छन्...

दक्षिण कोरियामा माछा मार्ने डुङ्गा पल्टियो, ६ जना बेपत्ता

सियोल । इन्डोनेसियाली नागरिक सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिवार देशको दक्षिणी तटमा पल्टिएको छ । २९ टन क्षमताको डुङ्गा तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा समुद्रमा पल्टिएको दक्षिण कोरियाली योनहाप समाचार संस्थाले जनाएको छ । कोरिया कोस्ट गार्डको टोङयोङ कार्यालयले एएफपीलाई दिएको जानकारीअनुसार चालक दलका...

मंगलबार ७० अंकले घट्यो नेप्से

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा गिरावट आएको छ । नयाँ सत्ता समीकरण बनेसँगै सोमबार उत्साह देखिको नेप्से मंगलबार भने गिरावट आएको हो । मंगलबार नेप्से सूचक ७०.३१ अंकले घट्दै २ हजार ७.६९ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसअघि सोमबार नेप्से...

डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति चुनावका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि लगाइएको प्रतिबन्ध खारेज गरेको छ । यस निर्णयको प्रतिक्रिया दिँदै ट्रम्पले यसलाई अमेरिकाको ठुलो जीत भनेका छन् । डिसेम्बरमा अमेरिकी राज्य कोलोराडोको अदालतले पूर्व राष्ट्रपति ट्रम्पलाई चुनाव लड्न प्रतिबन्ध लगाएको थियो । त्यसो गर्दा, अमेरिकी संविधानको १४ औँ...

पाकिस्तानले सबै सामाजिक संजालमाथि प्रतिबन्ध लगाउने

इस्लामवाद । पाकिस्तानमा सामाजिक संजालहरूमाथि प्रतिबन्ध लगाउने भएको छ । त्यहाँको संसदमा एउटा प्रस्ताव पेस गरिएको छ । यसमा फेसबुक, एक्स, युट्युब र इन्स्टाग्रामलगायत सबै सामाजिक सञ्जाल प्लेटफर्ममा प्रतिबन्ध लगाउने माग गरिरहेका छन् । पाकिस्तान पिपल्स पार्टीका सांसद बहरामन्द तांगीले संसदमा उक्त प्रस्ताव पेस गरेका हुन् । उक्त प्रस्तावमा...

गाजामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

गाजा । गत अक्टोबरदेखि सुरु भएको इजरायल र हमासबीचको द्वन्द्वमा परेर गाजामा मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । बिहीबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सो बारे जानकारी गराएको हो । इजरायले अहिले पनि प्यालेस्टिनी भूमिमा हवाईदेखि स्थल कारबाही जारी राखेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले मारिनेमा हमासका लडाकु र...

भिरबाट खसरेर जर्मन नागरिकको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ स्थित मिर्सामा भिरबाट सरेर एक जर्मनी नागरिकको मृत्यु भएको छ । जर्मन घर भएर पोखरा घुम्न गएकी पिया जोसको भिरबाट खसेर मृत्यु भएको हो । शनिबार भिरबाट खसेकी पिया आज बिहान मृत भेटिएकी हुन् । उनको शव सशस्त्र प्रहरी बल नम्बर–२४ कालिका गणबाट खटिएको...

जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

टोकियो । सन् २०२३ मा जर्मनीको कूल गार्हस्थ उत्पादन कूल ४.४६ ट्रिलियन डलर कायम भएको छ । यससँगै जर्मनीले विश्वको तेस्रो ठूलो अर्थतन्त्र कायम गरेको छ । जापानलाई उछिँदै जर्मनीले अर्थव्यवस्थाको आकार ठूलो पारेको हो । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको हो । सन् २०२३ का लागि...