विश्व विविध

कतारमा पिकनिकसँगै मकवानपुरे मिलन केन्द्रको साधारण सभा हुने

दोहा, २१ फागुन । कतारमा कार्यरत नेपालीहरूको साझा संस्था मकवानपुरे मिलन केन्द्रले पिकनिक कार्यक्रमसँगै आफ्नो साधारणसभा समेत गर्ने भएको छ । ९ मार्च २०१८ शुक्रवारका दिन साधारणसभा सहित पिकनिक कार्यक्रमको आयोजना हुने कतारबाट कृष्ण रुम्बाले जानकारी दिएका छन् । शुक्रबार बिहान ११ बजे देखी अलदोसरी पार्क, साहानियामा हुने साधारणसभाले...

शक्तिशाली भूकम्पमा परी ३१ को मृत्यु

जाकार्ता, १५ फागुन । पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशाली भूकम्पमा परी ३१ भ्वजन व्यक्तिको मृत्यु भएको छ । सो भूकम्प ७।५ म्याग्निच्युडको मापन गरिएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको थियो । यस भूकम्पको केन्द्रविन्दु पपुवा न्युगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त मेन्दीबाट ९६...

सिरियामा शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न राष्ट्रसंघ प्रमुखको आग्रह

जेनेभा, १५ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुथ्रेसले द्वन्द्वसँग जोडिएका सवै दलहरूलाई शान्ति प्रस्ताव तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । उहाँले सोमबारको एक वक्तव्यमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको तीस दिने युद्धविरामसहितको प्रस्ताव कार्यान्वयन गर्न आग्रह गर्नुभएको हो । “उनीहरूले सुरक्षा परिषद्को शान्ति प्रस्ताव प्रभावकारी रूपले कार्यान्वयन...

१६ महिलाई मृत्युदण्डको सजाय

बग्दाद, १४ फागुन । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहसँग आवद्ध भएको अभियोगमा टर्कीका १६ महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । यहाँको एक अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुरा बताउनुभएको छ । इराकको सर्वोच्च न्याय परिषद्का प्रवक्ताका अनुसार ती महिलाहरुले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक...

तालीमकेन्द्रमा सैनिक आक्रमण, १४ मारिए

काबुल, १३ फागुन । अफगानिस्तानको राष्ट्रिय सैनिकले तालिवानको नियन्त्रणमा रहेको उनीहरुको एउटा तालीमकेन्द्रमा आक्रमणगरी ध्वस्त पारिदिएको छ । अफगान राष्ट्रिय सैनिक नेतृत्वको एक समूहले बादख्शान प्रान्तको वार्डोज जिल्लामा तालिावान लक्षित सो कारबाही गरेको अफगानिस्तानको गृह मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा जानकारी दिएको छ । त्यस केन्द्रमा तालिवानले राखेका कैयौं...

सिरियामा कम्तिमा ३० दिनसम्म भए पनि युद्धविराम हुने अमेरिकाको आशङ्का

सयुक्त राष्ट्रसंघ, १४ फागुन । गएका केही दिनदेखि चरम रुपमा हत्या हिंसा भइरहेको सिरियामा कम्तीमा ३० दिनसम्म भए पनि युद्धविराम हुने भएको समाचार प्राप्त भएको छ । उक्त युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमोदन गरेको छ । उक्त परिषदले सिरिया देशभर नै ३० दिने युद्धविरामका लागि अपीलगर्दै शनिबार...

गयो शक्तिशालि भुकम्प

बेइजिङ, १४ फागुन । पपुवा न्यु गिनीमा ७.५ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्प स्थानीय समयाअनुसार सोमबार बिहान १ः४४ बजे गएको चीनको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यस भूकम्पको विस्तृत विवरण प्राप्त भएको छैन । यस भूकम्पबाट मानवीय र भौतिक सम्पत्तीमा भएको क्षतिको बारेमा हालसम्म कुनै...

कोलकातामा ‘पानीघट्ट’

काठमाडौँ, १३ फागुन । लमजुङको ग्रामीण भेगलाई आधार बनाएर निर्मित नाटक ‘पानीघट्ट’ भारतको कोलकातामा शनिबार मञ्चन गरिएको छ । पानीघट्ट र ठाडोभाकाबारे कुनै जानकारी नभएका दर्शकले नाटक हेरेपछि आफूहरु दंग परेको प्रतिक्रिया दिए । नेपाली संस्कृति र वर्तमान समाजको यथार्थ नाटकमा भेटेको उनीहरुले बताएका छन् । कोलकाताको नागेरबजारस्थित अजितेश...

चीन र भारत जोड्न सात अन्तरदेशीय प्रसारण लाइन निर्माण

काठमाडौँ, १२ फागुन । सरकारले दुई छिमेकी मुलुकसँग विभिन्न सात नाकाबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई रणनीतिकरुपमा अगाडि बढाउने भएको छ । सरकारले रसुवागढी केरुङ र किमाथांकाबाट चीनसँग प्रसारण प्रणाली जडान गर्ने गरी रणनीतिक योजना अगाडि सारेको छ । रसुवागढी केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको...

पहिरोमा पुरिएका आठ शव निकालियो, १३ जना किसानको लास पहिरोभित्रै

जाकार्ता, ११ फागुन । इन्डोनेसियाको जाभा प्रान्तमा बिहीबार गएको पहिरोमा परी ज्यान गुमाएका आठ व्यक्तिको शव उद्धारकताहरुले बाहिर निकालेका छन् । यस पहिरोमा अझै १३ जना किसान पुरिएर रहेका अधिकारीहरुले जानकारी दिएका छन् । पहिरोमा अरु पनि केही व्यक्ति पुरिएको अनुमान गरिएको छ । यसमा परेकाहरुको उद्धारकार्य जारी रहेको...