कतारमा पिकनिकसँगै मकवानपुरे मिलन केन्द्रको साधारण सभा हुने

तु खबर संवाददाता
२०७४ फाल्गुन २१, सोमबार १३:०८

दोहा, २१ फागुन । कतारमा कार्यरत नेपालीहरूको साझा संस्था मकवानपुरे मिलन केन्द्रले पिकनिक कार्यक्रमसँगै आफ्नो साधारणसभा समेत गर्ने भएको छ । ९ मार्च २०१८ शुक्रवारका दिन साधारणसभा सहित पिकनिक कार्यक्रमको आयोजना हुने कतारबाट कृष्ण रुम्बाले जानकारी दिएका छन् ।

शुक्रबार बिहान ११ बजे देखी अलदोसरी पार्क, साहानियामा हुने साधारणसभाले नयाँ कार्य समितिको चयन गर्नेछ । सन् २००२ मा परिक्षित थापाको अध्यक्षतामा संस्था गठन गरिएको थियो । कतारमा कार्यरत मकवानपुरका युवाहरुलाई हरेक तवरले सुझाव र सहयोग गर्ने उध्यश्यले स्थापना भएको संस्थामा हाल मिलनध्वज राना अध्यक्ष छन् ।

मकवानपुरे युवाहरुको दुःख सुन्ने साझा संगठनका रुपमा गठन गरिएको संस्थाले अहिले मकवानपुरेको मात्र नभइ कतारमा कार्यरत नेपालीहरुलाई समेटेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*