विश्व विविध

अमेरिकी अधिकारीहरु उत्तर कोरियामा, वार्ता निर्धारित समयमा हुने

वासिङ्टन, १४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुन लागेको शिखर वार्ताको तयारीका लागि केही अमेरिकी अधिकारीहरु सम्मिलित प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको छ । आगामी जुन १२ मा सिंगापुरमा हुने भनिएको सो शिखर वार्ता निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक...

ईरानी विदेशमन्त्री जाभेदले भारत भ्रमण गर्ने

तेहरान, १४ जेठ । इरानी विदेशमन्त्री मोहमद जाभेद जरिफले अगामी आइतबारबाट भारतको भ्रमण सुरु गर्नुहुने भएको छ । उहाँ द्विपक्षीय वार्ताको लागि आइतबार भारततर्फ जान लाग्नुभएको इरानी सरकारी समाचार समिति इर्नाले जनाएको छ । दुबै देशको राजनीतिक र आर्थिक पक्षमा छलफल हुने अपेक्षा गरिएको यस वार्ताको प्रतिनिधिमण्डलमा जरिफ प्रमुख...

धर्मगुरुलाई अपमान गरेको भन्दै युट्युबलाई एक महिना प्रतिबन्ध

इजिप्ट, १४ जेठ ।इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अनुमोदन गरेको छ । अदालतको निर्णय अन्तिम भएको भन्दै यस उपर पुनरावेदन नहुने बताइएको छ । मोहम्मद हमिद सालेम नामक एक वकीलले यूट्यूबविरुद्ध निजी लगानीमा क्यालिफोर्नियामा निर्मित...

युगाण्डामा बस दुर्घटना, ४८ जनाको मृत्यू

कम्पला, १३ जेठ । युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार अपरान्ह्सम्म ४८ पुगेकोे छ । अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय चिकित्सकहरूले बताइएका छन् । मृतकमध्ये १८ जना बालबालिका रहेका पनि अस्पताल स्रोतले जनाएको छ ।...

अफगानिस्तानमा प्रमुख तालिवान कमाण्डरको सुरक्षा कारबाहीमा मृत्यु

अफगानिस्तान, १३ जेठ । उत्तरी अफगानिस्तानको फारयाब प्रान्तमा सुरक्षाकर्मीले तालिवान विरुद्ध लक्षित गरी चलाएको कारबाहीमा उक्त क्षेत्रमा विद्रोहीतर्फ प्रभाबशाली मानिने एक तालिवान कमाण्डर र उनका सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीलाई प्राप्त गोप्य सूचनाका आधारमा तालिवान विद्रोही विरुद्ध गरिएको सुरक्षा कारबाहीमा सिरिन तागब जिल्लामा शनिबार बिहानै तालिवानका...

यसरी भयो मुन र किमबीच पानमुनजोममा भेट

दक्षिण कोरिया, १३ जेठ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच शनिबार कोरियाली सीमाक्षेत्रमा रहेको शान्ति क्षेत्र पानमुनजोममा शनिबार दोस्रो शिखर सम्मेलन भएको छ । दक्षिण कोरियाली राष्टङपतिको कार्यालय बताए अनुसार दुई नेता पानमुनजोमको उत्तर कोरियाली गाउँमास्थानीय समयअनुसार शनिबार दिउसो ३ बजे...

रुस चीन सम्बन्ध इतिहासकै राम्रो

सेन्ट्स पिटस्बर्ग, १२ जेठ । । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनसँगको रुसको सम्बन्ध इतिहासकै सबैभन्दा राम्रो भएको धारणा राख्नुभएको छ । इतिहासमा नै रुस र चीनबीचको रणनैतिक साझेदारीको अवस्था हेर्दा हालका दिनमा सबैभन्दा राम्रो छ, रुस रचीनबीचको सम्बन्ध अहिले बढी महत्वपूर्ण रुपमा लिइएको छ । उहाँले चीनसँगको रुसको सम्बन्धलाई...

अमेरिका उत्तर कोरिया शिखर बैठकमा चिनको पनि समर्थन

वासिङ्टन, १० जेठ । चिनियाँ विदेशमन्त्री वाङ यिले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाका बीचमा हुन लागेको शिखर बैठकप्रति चीनको समर्थन रहेको बताउनुभएको छ । यस शिखर बैठकले अरु धेरै कुराहरुका अतिरिक्त कोरियाली प्रायद्वीप क्षेत्रमा शान्ति स्थापनाका लागि ठूलो सहयोग पु¥याउने विश्वास चीनले लिएको भन्दै यसका लागि चीनको आवश्यक...

अफगानिस्तानको संयुक्त सेना कारवाहीमा ११ तालिवानको ज्यान गयो

अफगानिस्तान, १० जेठ । अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा तालिबान आतङ्ककारीका विरुद्धमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबानको ज्यान गएको समाचार छ । यस झडपमा परी बुधबार बिहानै कम्तीमा पनि ११ जना तालिबान आतङ्ककारी मारिएका छन् भने अरु करिब १२ जना घाइते भएका गजनी प्रान्तका...

मलेसियामा मन्त्रीहरुको सुविधा १० प्रतिशत कटौति

मलेसिया, १० जेठ । मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने बुधबार घोषणा गर्नुभएको छ । सरकारको उच्च खर्चलाई कटौति गर्ने लक्ष्य अनुरूप बयानब्वे वर्षीय नेताले सरकारी खर्चलाई २५१ अर्ब पाँच करोड अमेरिकी डलरमा झार्ने बताउनुभएको छ । मलेसियाको विकासका सुत्रधार मानिने प्रधानमन्त्री...