विचार
आमा !
विश्वमा नै प्रतिष्ठित एक अन्तर्राष्ट्रिय संस्थाले आफ्नो कार्यालयमा जागिरको लागि विश्वव्यापी आवेदन माग गर्यो । मास्टर डिग्रीसम्म अध्ययनको मार्कसिट, निरोगिताको प्रमाणपत्र, प्रहरी रिपोर्ट, आफ्ना रुचीहरु, अन्तरनिहित क्षमता लगायतका विषयहरु समावेश गरी आवेदन माग भएको थियो । त्यहाँ काम गर्न इच्छुक र योग्यता पुगेका सयौँको संख्याले निवेदन पेस गरे ।...
मकवानपुरको महक ८: साहित्यकार गणेशकुमार पौडेलसित अन्तिम भेट
हेटौँडेली साहित्यिक कार्यक्रमहरुमा म २०५० देखि नै सहभागी हुन थालेको हुँ । मकवानपुर बहुमुखी क्याम्पसमा बिए पढ्न थाल्दा नै साहित्यिक कार्यक्रमको खोजी गर्दै साहित्य सङ्गम मकवानपुरको कार्यक्रमहरुमा सहभागी हुन थालेको हुँ । त्यत्ति बेला महिनाको एक दिन कार्यक्रम हुन्थ्यो र त्यसको हस्त लिखित सूचना टाँसिन्थ्यो सूचना केन्द्रको भित्तामा ।...
मकवानपुरको महक–७ : मसानको ‘मानचित्रमा देश’ लाई नियाल्दा
मकवानपुर । मकवानपुरे प्रगतिशील साहित्यका सशक्त हस्ताक्षर मसान उपासक असहज शैलीमा सहज भाव प्रस्तुत गर्ने नवयुवा कवि हुन् । कवि मसानका कविता सशक्त कि वाचन कला भन्ने विषयमा वादविवाद गराउन सकिन्छ । लेखन र वाचन दुबैमा उत्तिकै प्रभावशाली काव्य रचना गर्ने अत्यन्त कम सर्जकमा मसानको नाम आउँछ । “कलासँगै...
मकवानपुरको महक – ६ : देवराज खरेल र उनको ‘जिन्दगीदेखि जिन्दगीसम्म’ निबन्ध सङ्ग्रह
मकवानपुर । देवराज खरेल वर्तमान मकवानपुरे साहित्यका एक यस्ता व्यक्तित्व हुन् जो आफैँमा एक संस्था हुन् । मैले देख्दादेख्दै मातृभूमि साहित्य समाजको स्थापना र मातृभूमि पत्रिकाको प्रकाशन गरेका हुन् । ज्ञातव्य छ मकवानुरे साहित्यमा मातृभूमिद्वयले विशिष्ट योगदान दिएका छन् । प्रतिभा उत्पादन, प्रतिभालाई प्रोत्साहन, पुरस्कार प्रदान तथा सभ्य र...
प्रकाश श्रेष्ठको कविताः डियर मृत्यु
डियर मृत्यु ! तिमी आयौ मेरो कुनै गुनासो छैन तर, मेरो अनुरोध छ केही समय अझै पर्ख बरु मसंगै हिड जाउँ भेट्न लाई एक …………. मसुर गायक मूर्धन्य चित्रकार लोकप्रिय गजलकार बरिस्ठ डाक्टर ख्यातिप्राप्त इन्जिनियर प्रशिद्ध पत्रकार । त्यो गायक जसलाई मैले उनको यादहरुको गीत गाउन लगाएको छु त्यो...
मकवानपुरको महक –५ : ‘बुद्धिपुराण’ को सामान्य विश्लेषण
मकवानपुर । राजकुमार लामिछाने परिचित हास्यव्यङ्ग्यकार हुन् । ५६ वर्षअघि सिन्धुपाल्चोकमा आँखा उघारेका लामिछाने बागमती प्रदेशको राजधानी हेटौंडाका स्थायी बासिन्दा हुन् । लामिछाने मकवानपुरे हास्यव्यङ्य निबन्ध क्षेत्रमा देशमा गणतन्त्र आइसकेपछि देखा परेका सर्जक हुन् । २०७४ मा लामिछानेको ‘पुतलाको पावर’ कृति प्रकाशित छ । कम समयमा धेरै राम्रो चर्चा...
‘बालेन’ हरुले कोरेको गोरेटो
वर्तमान समयमा दलका गतिविधिबाट आम जनता सन्तुष्ट छैनन् । वाक्क दिक्क भइसकेका छन् । त्यसो हुनाका पछाडी कारणहरु छन् । छोटोमा दलले आमूल परिवर्तन गर्छौं भनेका थिए, भएन । कुर्दा कुर्दै जिन्दगी जाने भो । खोइ त ? भन्ने आवाज आउन थालेको छ । दल वाचा गर्छ, पूरा गर्दैन्...
मकवानपुरको महक – ४ : श्याम मोहन श्रेष्ठको इमानदार अभिव्यक्ति
१. विषय प्रवेश श्याम मोहन श्रेष्ठ मकवानपुरका लेखक होइनन् र हुन् पनि । मकवानपुरको भीमफेदीमा बसेर पठनपाठन गरेका र मकवानपुरसित गहिरो नाता रहेका श्याम मोहन श्रेष्ठको काठमाडौं–पेरिस–काठमाडौं बस र रेल यात्रा, साहस र आँटले डोर्याएको जिन्दगी (फोटो किताबसहित) भन्ने पुस्तक मलाई आदरणीय देव सरले उपलब्ध गराउनु भएको हो ।...
मकवानपुरको महक – ३ : ‘आफैँसँग’ अन्तर्लाप
मकवानपुर । रमेश मोहन अधिकारी धेरैकी आमा हुन् । उनी साहित्य जन्माउँछन् र साहित्यकार पनि जन्माउँछन् । साहित्यिक संस्था तथा पत्रिका जन्माउने आमा पनि हुन् अधिकारी । अधिकारीले दुई थरीका कृति जन्माएका छन् ः साहित्यिक र गैरसाहित्यिक । गैरसाहित्यिक कृतिमा नेपाली व्याकरणसित सम्बन्धित दुई कृति रहेका छन् । गैरसाहित्यिक...
मकवानपुरको महक–२ : रिजालको व्यङ्ग्यात्रामा को वरिष्ठ ?
मकवानपुर । अन्यान्य कृतिमा जस्तो सर्जकको परिचय पढ्न पाइने मौका नदिने को वरिष्ठ कृति एक/दुई मानेमा कन्जुस छ । सम्पूर्ण कृति नै कृतिकारको बकाइ भए पनि यसमा बकाइ धितमर्दो दिन, कृतिको बारेमा दुई शब्द कतैबाट राख्न र प्रकाशकीय गन्तव्यको मन्तव्य प्रचलित संस्कृतिमा भञ्जन उत्पन्न गर्ने कन्जुस्याइँका दृष्टान्तहरू हुन् ।...









