खेलकुद

थाहा नगरस्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता सुरु

मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता बिहीबारबाट सुरु भएको हो । थाहा नगरपालिकाको क्याम्पाडाँडा स्थित कबर्डहलमा भएको प्रतियोतिताको पहिले दिन ४ वटा टिमले बिजयी सुरुवात गरेका छन् । प्रतिस्पर्धामा रोशन गोपाली र घनश्याम श्रेष्ठ, नारायण बिष्ट र...

साफ यु–२० च्याम्पियनसिपको फाइनल आज, नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । २० वर्षभन्दा कम उमेर समूहको साफ च्याम्पियनसिप प्रतियोगिता अन्तरगतको फाइनल खेल आज हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ । आज हुने उक्त फाइनल खेलमा नेपाल र बंगलादेश भिड्नेछ । दुबै देशका खेलाडीले प्रतियोगिताको उपाधि हात पार्न सक्दो तयारी गरेका छन् । त्यस्तै, फाइनल खेल हेर्न दर्शकहरु...

हाँडीखोला युथलाई चैनपुर जेसीजको खेल सामग्री

मकवानपुर । जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हाँडीखोला युथ क्लबलाई चैनपुर जेसीज मनहरीले खेलकुद सामग्री हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमबीच एकसेट जर्सी र फुटबल हस्तान्तरण गरिएको हो । कार्यक्रम संयोजक सरोज विष्टको संयोजकत्व एवम् जेसीजका अध्यक्ष रबिन ढकालको सभाध्यक्षता एवम् मनहरी गाउँपालिका ९ नम्बर वडा...

राष्ट्रिय खेलकुदको दसौँ संस्करण पूर्वनिर्धारित मितिमा नहुने

मकवानपुर । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुदको दसौँ संस्करणको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष दीपक श्रेष्ठले आज युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । संघले ध्यानाकर्षण पत्रमार्फत् राष्ट्रिय खेलकुदको दसौँ संस्करणको...

थाहानगर स्तरीय जेसीज कपको खेल तालिका प्रकाशित

मकवानपुर । यही भाद्र १३ गतेदेखि १५ गतेसम्म थाहा नगरपालिकामा हुन लागेको थाहानगर स्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको खेल तालिका प्रकाशित भएको छ । पालुङ जेसीजको आयोजनामा थाहा नगरपालिकामा पहिलो पटक हुन लागेको डबल ब्याडमिन्टन प्रतियोगिताको खेल तालिका प्रकाशित भएको हो । उक्त प्रतियोगितामा १३ टिमले सहभागिता जनाउने...

साफ यु–२० च्याम्पियनसिपः भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा

काठमाडौं । २० वर्षभन्दा कम उमेर समूहको साफ च्याम्पियनसिप प्रतियोगिता अन्तरगतको दोस्रो सेमिफाइनलमा भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा प्रवेश गरेको छ । सोमबारको खेलमा भारतलाई पेनाल्छी सुटआउटमा भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको हो । अ‍ेल लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको हो । यसअघि...

साफ यु–२० च्याम्पियनसिपः नेपाल फाइनलमा

काठमाडौं । नेपाल २० वर्षभन्दा कम उमेर समूहको साफ च्याम्पियनसिप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबारको खेलमा भुटानलाई पराजित गर्दै नेपालले फाइनलमा आफ्नो स्थान बनाएको हो । लतिपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न सेमिफाइनल खेलमा नेपालले भुटानलाई पेनाल्टी शुटआउटमा ४–१ ले पराजित गरेको हो । निर्धारित ९०...

हेटौंडा–८ मा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा वडा स्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुँदैछ । प्रतियोगिता एमालकोे जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ वडा नं.८ को आयोजनामा हुन लागेको हो । सो बारे शनिबार पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा खेल संयोजक धर्मराज पुडासैनीले प्रतिोयोगिता यही भदौ...

ब्याडमिन्टन प्रतियोगितामा थाहा नगरका १३ टिमले प्रतिस्पर्धा गर्ने

मकवानपुर । थाहा नगर स्तरीय जेसीज कप खुल्ला मेन्स डबल ब्याडमिन्टन प्रतियोगितामा थाहा नगरका १३ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । पालुङ जेसीजको आयोजना तथा थाहा नगरपालिका वडा नं. ३ को सहयोगमा थाहा नगर स्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता आगामी भाद्र १३ गतेदेखि १५...

मकवानपुर जिल्ला लिग फुटबलको मिति सर्याे

मकवानपुर । मकवानपुर जिल्ला लिग फुटबलको मिति सरेको छ । यही भदौ ७ गतेबाट हुने भनिएको उक्त प्रतियोगिता एकहप्ता पछि धकेलिएको हो । बुधबार बसेको आयोजक मकवानपुर जिल्ला फुटबल संघको कार्यसमितिको आकस्मिक बैठकले प्रतियोगिता एक हप्ता पर सारेको फुटबल संघका उपाध्यक्ष युवराज लामाले जानकारी दिए । बैठकले झरी वर्षाका...