अर्थ/वाणिज्य
नदी र खानी दोहनमा कडाइ, अवैध उत्खनन नियन्त्रण गर्न निर्देशन
काठमाडौँ । नदीजन्य तथा खानीजन्य पदार्थको जथाभावी उत्खनन, सङ्कलन र ओसारपसार बढ्दै गएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित मन्त्रालय तथा सबै तहका सरकारलाई कडाइका साथ नियमन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले ढुङ्गा, गिटी, बालुवा, माटोलगायत निर्माण सामग्रीको उत्खनन तथा उपयोग स्वीकृत मापदण्ड, वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र...
सरकारको निर्देशनपछि सरकारी बैंकहरूका संचालकहरुले दिए राजिनामा
काठमाडौं । सरकारको निर्देशनपछि सरकारी स्वामित्वका बैंकहरूका संचालकहरूले राजिनामा दिन सुरु गरेका छन् । हाल नेपाल सरकाको स्वामित्वमा रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका सञ्चालकहरूले राजिनामा दिएका छन् । पद छोडेर सरकारलाई मार्ग प्रशस्त गर्न भन्दै ती सञ्चालकहरूबाट राजीनामा आउने क्रम सुरु भएको अर्थ मन्त्रालय...
एमआरपी विवादमा सरकार ब्याक, स्वघोषणापछि मात्र जाँचपास
काठमाडौँ । विवादकाबीच सरकारले भन्सार विन्दुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) टाँस्ने निर्णयबाट पछि हट्दै स्वघोषणाको विकल्प लागू गरेको छ । उद्योगी–व्यवसायीको चर्को विरोधपछि भन्सार जाँचपास प्रक्रियामा देखिएको अवरोध हटाउन सरकारले नीति संशोधन गर्दै तत्कालका लागि सहज व्यवस्था लागू गरेको हो । यसअघि सरकारले विदेशबाट आयात हुने तथा स्वदेशमै...
उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा श्रेष्ठ विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको अधिकांश परिणाम सार्वजनिक भएको छ। मंगलबार सम्पन्न मतदानपछि वस्तुगत, जिल्ला–नगर तथा एसोसिएट समूहका धेरै पदहरूको टुंगो लागेको हो भने केही पदमा प्रतिस्पर्धा जारी रहेको छ। वस्तुगत उपाध्यक्ष पदमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन्।...
विद्युत् प्राधिकरण र नियमन आयोगका उच्च पदाधिकारी स्वतः पदमुक्त
‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज जारी गरेको सूचनामा उक्त अध्यादेश बमोजिम नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्यसहित सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त...
मालपोत अधिकृतसहित ७ जना विरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा नक्कली जग्गाधनी खडा गरी सरकारी जग्गा हिनामिना गरेको अभियोगमा तत्कालीन मालपोत अधिकृतसहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। रुपन्देहीको साविक मैनहिया गाविसमा रहेको मृतक बेलर कहारको नामको २-०-५ बिघा जग्गा निजको वास्तविक हकवाला छोरी सन्जु कहारको नाममा हकहस्तारण नगरी नक्कली हकवाला...
लाभांश बुझिलिन शेयरधनीलाई युनिलिभर नेपालको आग्रह
युनिलिभर नेपाल लिमिटेडले विगत पाँच वर्षदेखि नलिइएको लाभांश रकम बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ। २७औं वार्षिक साधारणसभाबाट पारित लाभांशमध्ये केहीले हालसम्म लाभांश नलिएपछि यस्तो आग्रह गरेको हो। कम्पनीका अनुसार उक्त आर्थिक वर्ष २०७६/०७७ को कुल ६ लाख ९३ हजार ३३० रुपैयाँ बराबरको लाभांश अझै भुक्तानी हुन बाँकी रहेको...
विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरको मूल्य उच्च
आजको विदेशी मुद्रा बजारमा विभिन्न देशका मुद्राहरूको विनिमय दर सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार, अमेरिकी डलर १ को खरिद दर १५१.४६ रुपैयाँ र बिक्री दर १५२.०६ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी, युरोपेली युरो १ को खरिद दर १७७.२९ रुपैयाँ र बिक्री दर १७७.९९ रुपैयाँ रहेको छ। युके पाउन्ड...
नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने प्रक्षेपण
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा तथ्यांकले नेपालको अर्थतन्त्र क्रमशः विस्तार हुँदै गएको संकेत दिएको छ। प्रारम्भिक अनुमानअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब रुपैयाँ पुग्ने देखिएको छ, जुन अघिल्लो आर्थिक वर्षको ६१ खर्ब ९९ अर्ब रुपैयाँको संशोधित अनुमानभन्दा उल्लेख्य वृद्धि...
‘नेपालको अर्थतन्त्रमा गम्भीर संरचनात्मक चुनौती’:मन्त्री वाग्लेद्वारा श्वेतपत्र सार्वजनिक
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पछिल्लो आर्थिक अवस्थाको यथार्थ चित्रण गर्ने ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र, वैशाख २०८३’ सार्वजनिक गरेका छन् । २०८२ फागुन २१ को निर्वाचनपछि गठन भएको वर्तमान सरकारले अर्थतन्त्रको जडमा रहेका विकृतिहरूलाई चिर्दै सुधारको मार्गचित्र कोर्न यो दस्ताबेज सार्वजनिक जनाएको छ । स्थितिपत्रले नेपालको आर्थिक वृद्धिलाई तुलनात्मक...










