अर्थ/वाणिज्य
विदेशी मुद्रा दर: अमेरिकी डलर र कुवेती दिनारको मूल्य उच्च
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलर लगायत खाडी मुलुकका मुद्राहरूको भाउ उच्च देखिएको छ। आजका लागि अमेरिकी डलर १ को खरिद दर १४८.६७ रुपैयाँ र बिक्री दर १४९.२७ रुपैयाँ तोकिएको छ। पछिल्लो समय डलरको भाउ मजबुत बन्दा नेपाली...
सुनको मूल्यमा फेरी भारी गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा तीव्र गिरावट देखिएसँगै नेपालमा समेत त्यसको प्रभाव पर्ने थालेको छ । पछिल्लो केहि दिन यता नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिरहेको हो । आज सुन तोलामा छ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन...
पैसा फिर्ताको माग गर्दै काठमाडौंमा सहकारी पीडितहरूको प्रदर्शन
काठमाडौँ । काठमाडौंमा सहकारीमा बचत रकम फिर्ता नपरेको विरोधमा सहकारी पीडितहरूले प्रदर्शन गरेका छन्। सहकारी पीडित बचतकर्ता राष्ट्रिय महासंघको अगुवाइमा शुक्रबार माइतीघरमा आयोजित प्रदर्शनमा सहभागीहरूले सहकारीमा जम्मा गरेको पैसा फिर्ता गर्न र ठगि गर्नेहरूलाई कारबाही गर्न माग गरेका थिए। प्रदर्शनकारीहरूले ‘ग्याँस छैन, तेल छैन, सहकारीमा पैसा छैन’, ‘सहकारी ठग्नेलाई...
सरकारको सार्वजनिक ऋण २९ खर्ब नजिक
काठमाडौं । विकास निर्माणकालागि स्रोत अभाव भए पछि सरकारले आन्तरिक र बाह्य ऋण लिँदा सार्वजनिक ऋणको बोझ बढ्दै गएको छ । राजस्व संकलन न्यून हुँदा सरकारले ऋण बढाउँदै लैजाँदा सार्वजनिक ऋणको भार करिब पौने २९ खर्ब रुपैयाँ पुगेको छ । आठ महिनाको अवधिमा ऋण करिब दुई खर्बले बढेको छ...
निरन्तर बढ्दै सुनको मूल्य, आज प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । सुन आज तोलामा दुई हजार ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले घटेर प्रतितोला छ...
समयमै काम नगर्ने ७ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै जिम्मेवारी पूरा नगर्ने सात निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीलाई कारबाही गरिएको जनाएको हो। कार्यालयका अनुसार सार्वजनिक खरिद ऐन २०६३को दफा ६३ को उपदफा (१) बमोजिम उक्त निर्णय गरिएको हो।...
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावट नियन्त्रण प्रभावकारी बनाउन सबै निकायले एकीकृत रूपमा कार्य गर्नुपर्ने बताएका छन्। नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौँमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा अर्थमन्त्री खनालले सबै सरोकारवालाबीच समन्वय र सहकार्य भए मात्र राजस्व चुहावट नियन्त्रणमा आउन सक्ने बताएका हुन्। राजस्व चुहावट नियन्त्रणमा प्रणालीगत सुधारका...
सुनको मूल्यमा उच्च वृद्धि, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ । सुन आज तोलामा एकैदिन पाँच हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा ३७५ रुपैयाँले बढेर प्रतितोला...
राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय, सहायक तथा हुलाकी राजमार्गमा सञ्चालन हुने सवारी साधनबाट स्थानीय तहले कर तथा सडक उपयोग शुल्क नउठाउन अन्तरिम आदेश जारी गरेको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले गत भदौ २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारसहितलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणसम्बन्धी...
पहिलो छ महिनामै ५३ अर्ब ४० करोड कर छुट
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा करदातालाई विभिन्न शीर्षकअन्तर्गत कर छुटमार्फत उल्लेख्य राहत दिएको छ। अर्थ मन्त्रालय ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिमा प्रदान गरिएको कुल कर छुट ५३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी कर छुट आर्थिक ऐनका व्यवस्थामार्फत...









