अर्थ/वाणिज्य
आइतबार शेयर बजारमा गिरावट
काठमाडौं । आज साता शेयर कारोबार अर्थात नयाँ सालको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से २.८० अंकले घट्दा १९३१.६८ को विन्दुमा कायम भएको छ । आज चार उपसूचक बाहेक सबै कम्पनीको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटल र टुरिजमको उपसूचक बढेको छ। आज...
स्थानीय तह : एक वर्षको बेरूजु ४२ अर्ब ८८ करोड
काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा स्थानीय तहको बेरुजु ४२ अर्ब ८८ करोड ९ लाख रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार ७ सय ४९ स्थानीय तहको ११ खर्ब २ अर्ब ६ करोड ५७ लाख रुपैयाँको लेखापरीक्षणबाट यस्तो बेरुजु पाइएको उल्लेख छ ।...
शेयर बजारमा २९ अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा भारी अंकको गिरावट आएको छ । अघिल्लो दिन एकाएक हरियाली छाएको शेयरमार्केट आज २९ अंकले घटेर १९३४ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २७० कम्पनीको ४९ लाख १० हजार २६० कित्ता शेयर किनबेच हुँदा एक...
नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको आवेदन पुनः खुल्यो
काठमाडौं । धितोपत्र बोर्ड विरुद्धको मुद्दा खारेज भएसँगै पुनः नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्ज लाइसेन्सको आवेदन खुल्ला भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार एक सूचना जारी गर्दै १० दिनको अवधि राखेर नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि लाइसेन्सको आवेदन खुल्ला गरेको हो । यसअघि बोर्डले गत...
बिहीबार सुनचाँदीको भाउ स्थिर
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी भाउ स्थिर छ । यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख...
माई खोला हाइड्रोपावरले आईपीओ खुला गर्ने
काठमाडौं । माई खोला हाइड्रोपावरले आईपीओ बिक्री खुला गर्ने भएको छ । हाइड्रोपावरले आगामी बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । उक्त आईपीओमा बैशाख १२ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने बैशाख २४ गतेसम्म खुला रहनेछ । कम्पनीले आयोजना...
मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घट्यो
काठमाडौं । मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या घट्न पुगेको छ । डिजिटल बैंकिङ प्रणालीको प्रयोग तथा उपभोग बढ्दै गएका बेला पहिलोपटक मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या घट्न पुगेको हो । नेपाल राष्ट्र बैंककाअनुसार अघिल्लो महिनाको तुलनामा फागुन मसान्तमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या ५ लाख ११ हजारले घटेको हो । पुस मसान्तसम्म...
नयाँ वर्षको अवसरमा टेलिकमको नयाँ अफर
काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने घोषणा गरेको हो । कम्पनीले रु.४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल...
बुधबार ९२ अंकले बढ्यो शेयर बजार
काठमाडौं । बैंकहरुले ब्याजदर घटाउने निर्णय गरेकै दिन शेयर बजारमा हरियाली छाएको छ । आज एकैदिन ४.९३ प्रतिशतले बृद्धि भई ९२.२२ अंकले बढेको छ । आज कूल एक अर्ब ९७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै फाइनान्स समुह ६ प्रतिशतले बृद्धि भएको छ ।...
५४ प्रतिशतले बढ्यो वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को ८ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ह्वात्तै बढेको जनाएको छ । मंगलबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले श्रम स्वीकृति लिनेको संख्या ५४ प्रतिशतले बढेको जानकारी गराएको हो । समीक्षा अवधिमा...









