अर्थ/वाणिज्य
काठमाडौंका उद्योग मकवानपुरमा सारेमा छुट दिने सरकारको घोषणा
मकवानपुर । सरकारले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका उद्योगहरु मकवानपुरको मयुरधापमा बन्दै गरेको औद्योगिक क्षेत्रमा सारे त्यसका लागि प्रोत्साहन गर्ने नीति ल्याएको छ । अर्थमन्त्री बिष्णु पौडेलले आज बजेट बक्तव्यमार्फत् यस्तो घोषणा गरेका हुन् । काडमाडौं उपत्यकाभित्रका उद्योगलाई मयुरधापमा स्थानान्तरण गरेमा ५ वर्षसम्म विद्युत डिमान्ड शुल्कमा ५ प्रतिशत छुट दिने...
बजेटमार्फत् सरकारले गर्यो यी क्षेत्रहरुलाई नविकरण छुट दिने घोषणा
काठमााडौं । आज जारी बजेट भाषणबाट सरकारले कोभिड १९ प्रभावित विभिन्न उद्योग तथा व्यवसायले तिर्नुपर्ने इजाजत तथा नविकरण शुल्क छुट दिने घोषणा गरेको छ । बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले होटलसहित पर्यटन व्यवसाय, सार्वजनिक यातायत, हवाइ सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, सञ्चार गृह, विज्ञापन सेवा, टेलरिङ, ब्यूटी...
बिद्यार्थीलाई एक थान सिमकार्ड फ्रि दिइने, ल्यापटप किन्न ८० हजार ऋण
काठमाडौं । सरकारले १६ वर्षभन्दा माथिका विद्यार्थीका लागि एक थान सिमकार्ड निशुल्क दिने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । साथै सरकारले विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई ल्यापटप खरिद गर्न १ प्रतिशत ब्याजदरमा ८०...
अक्सिजन उद्योगको उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाह हुने
काठमाडौं । सरकारले अक्सिजन उद्योगका उपकरण खरिदमा लाग्ने भन्सार र त्यसमा लाग्ने भ्याट छुट गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट बक्तव्यमार्फत् अर्थमन्त्री बिष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । साथै बजेट मार्फत् सरकारले नीजि तथा सामुदायिक अस्पतालले जडान गर्ने अक्सिजन प्लान्टको लागतमा ५० प्रतिशतसम्म अनुदान दिने...
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण
काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाखसम्म ऋण उपलब्ध गराउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले ५ प्रतिशत ब्याज दरमा यस्तो ऋण उपलब्ध गराउने घोषणा गरेका हुन् । स्नातक तहभन्दा माथि अध्ययन गर्नका लागि यस्तो ऋण उपलब्ध गराइने अर्थमन्त्रीले...
जेष्ठ नागरिकलाई अब मासिक ४ हजार भत्ता
काठमाडौं । सरकारले जेष्ठ नागरिकलाई अब मासिक ४ हजार भत्ता दिने घोषणा गरेको छ । जारी बजेट भाषणमा अर्थमन्त्री बिष्णु पौडेलले जेष्ठ नागरिकलाई मासिक ४ हजार भत्ता दिने घोषणा गरेका हुन् । उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको जानकारी दिएका छन् । यसका लागि १...
निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुट, कर्मचारीलाई १० दिन भ्रमण विदा
काठमाडौं । सरकारले निषेधाज्ञामा २० यूनिटसम्मको विद्युत महसुल छुट दिने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेट बक्तव्यमार्फत् निषेधाज्ञाका समयमा २० यूनिटसम्म खपत गर्ने ग्राहकको लागि विद्युत महसुल छुुट दिने घोषणा गरेका छन् । त्यसैगरी अर्थमन्त्री पौडेलले सरकारी कर्मचारीलाई १० दिनको भ्रमण विदा घोषणा गरेको छ । भ्रमण...
कोभिडविरुद्धको खोपका लागि २६ करोड
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । उनले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेका छन् । आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत बजेटमा कोभिड बिरुद्धको खोपका लागि २६ अर्वभन्दा बढी रकम व्यवस्था गरेका हुन् । प्रधानमन्त्री केपी ओलीको...
मन्त्रिपरिषद्को वैठकद्वारा राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस
काठमाडौं । आज बसेको मन्त्रिपरिषद् वैठकले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष बजेट अध्यादेश सिफारिस गरेको छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् वैठकले बजेट अध्यादेश स्वीकृतिको लागि सिफारिस गरेको हो । राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरिसकेपछि अर्थमन्त्री बिष्णु पौडेलले आजै ४ बजे बजेट सार्वजनिक गर्नेछन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले...
आज बजेट सार्वजनिक हुँदै
काठमाडौं । आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेट आज शनिबार ४ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीबाट अध्ययादेश जारी भएपछि अर्थमन्त्री बिष्णु पौडेलले आगामी आ.वको बजेट सार्वजनिक गर्नेछन् । बजेटबारे निर्णय गर्न केही बेरमा मन्त्रीपरिषद्को वैठक बस्दैछ । सो बैठकले बजेट अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गर्नेछ...




