जीवन बीमा कम्पनीहरुको नाफा १२ प्रतिशतले बृद्धि

तु खबर संवाददाता
२०७८ भाद्र १२,शनिबार १५:१७

काठमाडौं । गत आर्थिक वर्ष २०७७/०७८ को चौथौ त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले कुल ३ अर्ब ८० करोड रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीहरुको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा जीवन बीमा कम्पनीहरुले ३ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षसँग अघिल्लो आर्थिक वर्षको मुनाफा तुलना गर्दा नेपाल लाइफ सबैभन्दा अगाडि देखिएको छ ।

नाफा कमाउने मामलामा यसपटक पनि नेपाल लाइफ नै अग्र स्थानमा देखिएको छ । नेपाल लाइफले गत आर्थिक वर्षमा ५३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, दोस्रो नम्बरमा भने नेशनल लाइफ देखिएको छ ।