विश्व विविध

भारतमा कोरोना संक्रमित अमेरिका र ब्राजिलभन्दा तीब्र गतिमा थपिँदै

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित अमेरिका र ब्राजिलभन्दा तीब्र गतिका थपिँदै गएका छन् । बिबिसीका अनुसार सबैभन्दा बढी संक्रमित भएका मुलुकमा अमेरिका र ब्राजिल पछि भारत तेस्रो स्थानमा छ। पछिल्ला केही हप्तामा भारतले परीक्षणको दायरा बढाएको थियो। जसकारण छोटो समयमै धेरै संक्रमितहरू फेला परेका हुन्। शुक्रबारसम्म त्यहाँ...

बेरुत विष्फोटमा मृत्यु हुनेको संख्या १३५ पुग्यो

लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ । मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो । राष्ट्रपति माइकल आउनले अनुसार असुरक्षित रूपमा राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको बताएका छन् । लेबनान सरकारले...

कोरोना संक्रमणका कारण हरेक १५ सेकेन्डमा एकको मृत्यु, हालसम्म सात लाखको गयो ज्यान

कोरोना महामारीका कारण मृतकको संख्या बढेर सात लाख नाघिसकेको छ । अमेरिका, ब्राजिल, भारत र मेक्सिकोमा मृत्यु हुनेको संख्यामा तीब्र वृद्धि भइरहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो महामारीले हरेक दिन करिब ५ लाख ९ सयको ज्यान लिइरहेको छ । अर्थात्, प्रत्येक घण्टामा २ सय ४७ र हरेक...

लेबनानको राजधानीमा ठूलो विस्फोट, कैयौँको ज्यान गएको आशंका

लेबनानको राजधानी बेरुतमा मंगलबार साँझ ठूलो विस्फोट भएको छ । बेरुतको बन्दरगाह नजिक विस्फोट हुँदा धेरै भवनहरू ध्वस्त भएको र ठूलो संख्यामा मानवीय क्षति भएको अनुमान गरिएको छ । स्थानीय सञ्चारमाध्यमले पोस्ट गरेका भिडियो फुटेजमा विस्फोटपछि ठूलो आवाज सुनिएको थियो भने भीषण धुँवाको मुस्लो देखिएको छ । एक जना...

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहलाई कोरोनाभाइरसको संक्रमण भएको छ। गृहमन्त्री शाहले आइतबार दिउँसो ट्विट गर्दै आफूलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका छन्। ‘कोरोनाका सुरूआती लक्षण देखिएपछि मैले परीक्षण गराएको थिएँ र रिपोर्ट पोजेटिभ आएको छ। मेरो स्वास्थ्य अवस्था ठिक छ तर डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको छु,’ शाहले ट्विटमा...

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिएका हुन् । ‘हामीले यस विषयमा विचार गरिरहेका छौँ कि अमेरिकाले टिकटकले प्रतिबन्ध लगाउन पनि सक्छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्,‘हामीले यो विषयको तयारी गरेका छौँ, हामीसँग...

मध्य नाइजेरियामा १४ जनाको हत्या

बन्दुकधारीको एक समूहले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका छन् । राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य छन् । उनीहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको पनि आयुबाले जानकारी दिए । प्रहरी प्रमुख आयुबाले बन्दुकधारीको आक्रमणका कारण अरु ६...

कोरोना अपडेट– अमेरिकामा १ लाख ५० हजारभन्दा धेरैको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...

‘दुई साताभित्रै कोरोना भाइरसको भ्याक्सिन ल्याउने रुसको तयारी’

रुसले विश्वमा कोरोना भाइरसको भ्याक्सिनलाई स्वीकृति दिने पहिलो देशका रुपमा आफुलाई उभ्याउने गरी तयारी गरिरहेको छ, अधिकारीहरुकाअनुसार दुई साताभित्रै भ्याक्सिनले आधिकारिकता पाउनेगरी तयारी गरिएको छ । यद्यपि भ्याक्सिनको सुरक्षा, प्रभावकारिता र रुसले यसको विकासका चरणहरु पार गरे–नगरेको विषयमा अझै चासो कायम रहेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ । रुसी...

विश्वमा कोरोना सङ्क्रमितको संख्या १ करोड ६४ लाख नाघ्यो, ६ लाख ५२ हजारभन्दा बढीको मृत्यु

विश्वमा सोमबारसम्म १ करोड ६४ लाख ३२ हजार १ सय १० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी ६ लाख ५२ हजार ४ सय ३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सङ्क्रमितमध्ये हालसम्म १ लाख ५६...