विश्व विविध
छैटौंपटक पनि छोरी जन्माउने आशंकामा पतिले गर्भवती पत्नीको पेट हँसियाले काटिदिए
नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यको बदायूं जिल्लामा एक व्यक्तिले छैटौंपटक पनि आफ्नी पत्नीले छोरी पाउने आशंका गर्दै गर्भवती श्रीमतीको पेट हँसियाले काटिदिएका छन्। पन्नालाल नाम गरेका ती व्यक्तिले श्रीमती अनिताको गर्भमा छोरा छ कि छोरी हेर्न भन्दै पेट काटेको समाचार बिबिसी हिन्दी सेवाले प्रकाशित गरेको छ। घटनामा...
विश्वभरि कोरोना संक्रमितको संख्या तीन करोड नाघ्यो
विश्वभरी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या सङ्ख्या तीन करोड नाघेको छ । संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको सङ्ख्या नौ लाख नाघेको छ। कोरोना भाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ।...
ट्रम्पको दाबीः केही सातामै कोरोनाविरूद्धको खोप उपलब्ध हुन्छ
कोरोना भाइरसविरुद्धको खोपलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका निर्देशकले फरक फरक धारणा बाहिर ल्याएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले केही साताभित्र आमरूपमा वितरणका लागि खोप तयार हुने दाबी गरेका छन् । सीडीसीका निर्देशक रोबर्ट रेडफिल्डले भने सन् २०२१ को मध्यसम्ममा मात्रै आमनागरिकका...
कोरोना संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु
मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता ५ जनाको संक्रमणबाट मृत्यु भएका छन् । संक्रमणबाट मृत्यु हुनेहरु सबै जना युएईका हुन् । शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा गरी संक्रमणबाट २ सय...
पाकिस्तानको पञ्जाबमा वर्षाका कारण घरहरू भत्किँदा १० जनाको मृत्यु
पाकिस्तानको पूर्वी पंञ्जाब प्रान्तको चकवाल जिल्लामा शुक्रवार घर भत्किँदा कम्तीमा १० व्यक्तिको ज्यान गएको उद्धारकर्मीहरूले बताएका छन्। उक्त क्षेत्रका उद्धारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार एउटा घरको छत खसी अर्को घरमाथि पर्दा चार जनाको मृत्यु भएको र अन्य थुप्रै घाइते भएका छन्। घटनापछि उद्धार टोलीहरू घटनास्थलमा पुगी मृतक तथा...
कतारबाट स्वदेश फर्कने तेश्रो सूचीमा मकवानपुरका ६ महिलासहित ७८ जना
कतारबाट स्वदेश फर्कने तेश्रो सूचीमा मकवानपुर का ७८ जना परेका छन् । नेपाली राजदूतावास दोहा कतारले कतारबाट स्वदेश फर्कन पर्ने नेपालीको सूचीमा मकवानपुरका ७८ जनाको नामावली प्रकाशित गरेको छ । जसमा ६ महिला र ७२ जना पुरुष रहेका छन् । दूतावासद्वारा जारी सूचीमा मकवानपुरका १६ जना बेतलबी बिदामा, २७...
युएईमा ५ महिनाभित्र १ सय १० नेपालीको मृत्यु
युएई । संयुक्त अरब एमिरेट्स (युएई) मा गत पाँच महिनाभित्र विविध कारणले १ सय १० जना नेपालीको ज्यान गएको छ । गएको पाँच महिनामा विभिन्न कारणले १ सय १० जना नेपालीको ज्यान गएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेमा ५ महिला र १ सय ५ जना पुरुष...
रुसमा बन्यो कोरोनाविरुद्ध खोप
मस्को (एजेन्सी) । रुसले कोभिड–१९ विरुद्धको खोप तयार गरेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार कोभिड–१९ विरुद्ध विश्वकै पहिलो खोपलाई मान्यता दिइएको बताएका छन् । गमालेया रिसर्च इन्स्टिच्युटले बनाएको उक्त खोपलाई करिब २ महिनासम्म मानिसमा परीक्षण गरेर रुसी स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो । ‘स्पुतनिक–५’ नाम दिइएको उक्त खोपको एक...
भारतमा एकैदिन ७ लाख जनाको नमुना परीक्षण, ६३ हजारमा कोरोना पुष्टि
कोरोनाविरुद्धको लडाइँमा भारतले परीक्षणको गति तीव्र पारेको छ । कोरोना संक्रमण थाहा पाउन पछिल्लो २४ घण्टाभित्र ७ लाख नमुना परीक्षण गरिएको भारतीय पत्रिका दैनिक जागरणले उल्लेख गरेको छ । यस क्रममा ६३ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिभित्र ५५ हजारभन्दा बढी मानिस निको भएका छन्,...
नाइजेरियामा भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु
उत्तरी नाइजेरियामा बिहीबार बिहानीपख भएको बन्दुक आक्रमणमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । नाइजेरियाको जाङ्गो कताफ इलाकामा केही समूदायबीच आपसमा गोली हानाहान हुँदा उनीहरुको मृत्य भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ । तर, कुन समुदायबीचमा सो हमला भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन...






