विश्व विविध
कोरियामा दुर्घटनामा परी एक जना नेपालीको मृत्यु
सउल । कोरियामा दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरका ज्ञानेन्द्र राई रहेका छन् । उनी इपिएस प्रक्रियामार्फत कोरिया आई करिब साढे तीन वर्षदेखि एक कटिङ कम्पनीमा कार्यरत थिए । उनको टीकाकै दिन कम्पनीमा काम गर्ने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो। उनका सहकर्मी तिलक...
बेलायतमा कोरोनाका कारण एकैदिन ३६७ को मृत्यु
लन्डन । बेलायतमा कोरोनाको संक्रमण दिनहुँजसो बढ्दै गएको छ । संक्रमण बढेसँगै मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्या पनि सोही अनुपातमा वृद्धि हुँदैछ । मंगलबार सार्वजनिक तथ्यांक अनुसार २४ घन्टामा बेलायतमा कोरोना संक्रमंबाट मृत्यु हुनेको संख्या तीन सय ६७ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको...
बेलायतमा एकैदिनमा २६ हजार भन्दा बढी संक्रमित
लन्डन । बेलायतमा कोरोना संक्रमित हुनेको संख्या पछिल्लो २४ घन्टामा २६ हजार नाघेको छ । यो संख्या विगत पाँच महिनायताकै सबैभन्दा बढी हो । २४ घण्टाभित्र थप २६ हजार ६८८ जना नयाँ कोरोना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । अघिल्लो दिनको तुलनामा संक्रमित...
७० वर्षपछि अमेरिकामा महिलालाई पहिलोपटक मृत्युदण्ड दिइदैं
मिजौरी । अमेरिकाले करिब ७० वर्षमा पहिलोपटक एक जना संघीय महिला बन्दीलाई मृत्युदण्ड दिने निर्णय गरेको त्यहाँको न्याय विभागले जनाएको छ। लिसा मोन्टगोमेरी नाम गरेकी ती महिला बन्दीले सन् २००४ मा मिजौरीमा एक गर्भवती महिलाको घाँटी थिचेर हत्या गरेकी थिइन्। हत्यापछि उनले ती महिलाको पेट काटेर बच्चाको अपहरण गरेकी...
अमेरिकामा कोभिडका सङ्क्रमित ८० लाख पुग्यो
अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८० लाख पुगेको छ । समाचारमा जनाइएअनुसार अमेरिकामा कोभिड सङ्क्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो । विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि २...
विद्युतीय धरापमा परेर पाकिस्तानमा १४ सुरक्षाकर्मी मारिए
ग्वादर । पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् । स्थानीय समयअनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । ओर्मारा नजिकै पर्ने बन्दरगाह राजमार्गमा घटना भएको हो । ग्वादरदेखि कराँचीसम्म तेल तथा ग्यास विकास कम्पनी लिमिटेडका कर्मचारीहरु पनि खटाइएको...
प्रहरी कुट्ने मन्त्रीलाई तीन महिना जेल सजाय
एक स्थानीय अदालतले महाराष्ट्रकी मन्त्री यशोमति ठाकुरलाई ८ वर्ष पुरानो एक घटनामा जेल सजाय सुनाएको छ । प्रहरीमाथि हाट उठाउने मन्त्री ठाकुरलाई तीन महिनाको सश्रम काराबासको सजाय सुनाएको हो । यस्तै सो घटनामा अन्य ३ जनालाई पनि कठोर काराबासको सजाय सुनाएको छ । जसमा महिला तथा बालविकासमन्त्रीका सवारी चालक...
ट्रम्पका कान्छा छोरालाई भयो कोरोना संक्रमण
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका १४ वर्षीय छोरा ब्यारनलाई कोरोना भाइरसको संक्रमण भएको छ। छोरालाई कोरोना पुष्टि भएपछि मेलानियाले आफूलाई जे कुराको डर थियो, त्यही भएको बताएकी छन्। उनले छोरामा कोरोना पुष्टि भएपनि आफ्नो छोरा बलियो भएको र संक्रमणको कुनै लक्षण नभएको जानकारी दिएकी छन्। यस्तै ट्रम्पकी पत्नी...
बंगलादेशमा अब बलात्कारीलाई मृत्युदण्ड दिइने
बंगलादेशमा बलात्कारीलाई फाँसीको सजाय दिने गरी कानुन संशोधन गरिएको छ । बलात्कारका घटनामा लगातार बढोत्तरी हुन थालेपछि बंगलादेश सरकारले कानुन संशोधन गर्दै दोषीलाई कठोर सजायको व्यवस्था गरेको हो । बंगलादेशका कानुनमन्त्री अनिसुल हकका अनुसार राष्ट्रपतिले हस्ताक्षर गरेपछि मंगलबारबाट यो कानुन लागू हुनेछ । केही अघि बंगलादेशमा सामुहिक बलात्कारको एउटा...
इरानमा कोभिड–१९ का कारण एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिको मृत्यु
तेहरान । इरानमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २ सय ५१ जना सङ्क्रमितको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता सिमा सादत लारीले विगत २४ घण्टामा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या २५१ पुगेको र योसँगै अहिलेसम्म कूल २८ हजार ५४४ सङ्क्रमितको मृत्यु भएको...







