विश्व विविध
भारतमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको संख्या न्यून
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा कम भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार गत १०६ दिन यताको सबैभन्दा कम भएको हो । यो बीचमा पाँच लाखभन्दा धैरै मानिस सक्रिय सङ्क्रमित अवस्थामा रहने गरेकोमा अहिले...
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्रीलाई बर्खास्त
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रक्षा मन्त्री मार्क इस्पेरलाई सोमबार बर्खास्त गरेका छन् । राष्ट्रपति चयनका लागि हालै भएको निर्वाचनमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरेर पराजित भएका ट्रम्पले कार्यकाल सकिनै लागेका समय रक्षा मन्त्रीलाई बर्खास्त गरेका हुन् । रक्षामन्त्री इस्पेरको बर्खास्तीलाई अप्रत्यासित र अस्वभाविक मानिएको छ ।...
कोरोना भाइरसबाट विश्वमा पाँच करोड भन्दा बढी सङ्क्रमित
चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् । यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको साथै १२ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी...
अफगानिस्तानमा भएको हिंसात्मक हमलामा आठ जनाको मृत्यु
अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान गएको छ । उक्त प्रान्तको नवा अवाद भन्ने क्षेत्रमा भएको सो हिंसामा परी ८ जना सर्वसाधारणको ज्यान जानुका साथै अरु करिब ७ जना गम्भीर रुपमा घाइते भएका बताइएको छ । नवा अवाद क्षेत्रको एक अवास क्षेत्रमा मोर्टार...
कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ५० हजारभन्दा बढीको मृत्यु
वासिङ्टन । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ । गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८४७ व्यक्ति सङ्क्रमित भइसकेका...
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएका कमला ह्यारिसलाई बधाई ज्ञापन गरेकी छन् । राष्ट्रपति भण्डारीले आज बिहान ट्वीमार्फत कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् । यसैगरी प्रधानमन्त्री...
राष्ट्रपति चुनिएपछि बाइडेनको पहिलो भाषणः भने, ‘यो जनताको जीत हो’
जो बाइडनले राष्ट्रपति पदमा छानिएपछि आफ्नो पहिलो भाषण दिएका छन् । उक्त भाषणमा बाइडनले आफूले ऐतिहासिक रुपमा सर्वाधिक भोट पाएको बताएका छन् । उनले भने, ‘अमेरिकी जनताले स्पष्ट जनादेश दिएका छन् । यो जीत तपाईंको हो । हामीले ७.४ करोड भोट पाएका छौं र यति भोट आजसम्म कहिले पनि...
बाइडेन चार राज्यमा अगाडि, जितको घोषणा नगर्न ट्रम्पको चेतावनी
वासिङ्टन । अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुदै गएको छ । देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा बाइडेन विजयी हुनु भएको छ भने अहिले मतगणना भइरहेका चार राज्यमा पनि उनको फराकिलो अग्रता रहेको छ ।...
जापानमा ६.२ म्याग्नीच्युडको भूकम्प
टोकियो । जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले दिएको जानकारी अनुसार झण्डै दश किलोमिटर गहिराइबाट कम्पन भएको थियो । विभागका अधिकारीहरुले भूकम्पपछि कुनै आँधीको खतरा नरहेको जानकारी दिएका छन्...
ग्वाटेमालामा आएको आँधीबाट मृत्यु हुनेको संख्या ५० पुग्योः राष्ट्रपति
मेक्सिको सिटी । ग्वाटेमालामा आएको इटा नामको समुद्री आँधीबाट मृत्यु हुनेको संख्या ५० जना पुगेको छ । ग्वाटेमालाका राष्ट्रपति अलेक्जान्ड्रो जियामाटीले प्रकोपग्रस्त क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तिब्र बनाइएको बताएका छन् । उनले बिहीबार अबेर आयोजना गरेको पत्रकार सम्मेलनमा भने , “दुर्भाग्यबस, आजै चार जनाको मृत्यु भएको छ, र...








