विश्व विविध
नेपाल–चीन सम्बन्धमा कुनै कुराले असर गर्दैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्धमा कुनै कुराले असर नगर्ने बताउनुभएको छ । नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हीले आइतबार शिष्टाचार भेट गर्नु भएपछि प्रधानमन्त्री ओलीले यस्तो विचार राख्नुभएको हो । रक्षामन्त्री वेईसँगको छलफलमा प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध प्रगाढ रहेको बताउनुभएको जानकारी...
कोरोना संक्रमणबाट विदेशमा थप ६ नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण यो साता विदेशमा थप ६ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण यससाता साउदी अरबमा ४ जना, पोर्चुगलमा १ जना र युकेमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको हो । योसँगै कोरोना...
द्विपक्षीय समझदारी कार्यान्वयन गर्न भ्रमणमा आएको छुः मन्त्री वेइ
चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग...
पाकिस्तानले भारतीय सीमामा गोली चलाउँदा दुुई जवानको मृत्युु
पाकिस्तानले सीमा क्षेत्रमा गोली चलाउँदा दुई भारतीय जवानको मृत्यु भएको छ । शुक्रबार पाकिस्तानले जम्मू–कास्मिरस्थित राजौरी जिल्लामा भारी गोलाबारी गरेको भारतको रक्षा मन्त्रालयले जनाएको हा । रक्षा मन्त्रालयका अनुसार सुन्दरबनी सेक्टरमा पाकिस्तानले गोली चलाएको हो । यसक्रममा दुई जवान नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखबीर सिंह गम्भिर घाइते भएका...
आत्मविश्वासले बदलिएको सपनाको जीवन
म्यादी । चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना पनि टिक्न नसकेपछि घर न घाटको भएर तीन महिना सडकमा बिताउनुपर्यो । खान पुग्दो घर र अभिभावकको...
भारतमा थप ३८ हजार सङ्क्रमित
नयाँदिल्ली । कोरोनाभाइरसबाट धेरै प्रभावित मुलुकको अग्रपक्तिमा रहेको भारतमा थप झण्डै ३८ हजार मानिस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ९७५ जना सङ्क्रमित भएका हुन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ९१ लाख ७७ हजारभन्दा बढी पुगेको अधिकारीले जानकारी दिएका...
उत्तर अफगानिस्तानमा हवाई आक्रमण, ६ जना तालिबानीको मृत्यु
मजार–ए–शरिफ/सिन्ह्वा । अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तको ग्रामीण इलाकामा गरेको कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । अफगान वायु सेना (एएएफ) ले तालिबानको शिविरलाई सोमबार मध्यराति लक्षित गरी उक्त हमला गरिएको र त्यसबाट अरु चार जना गम्भीर घाइते भएको बताएको छ । अफगान सेनाले देशभित्र...
सत्ता हस्तान्तरण गर्न ट्रम्प तयार
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया शुरु गर्न निर्देशन दिएका हुन् । उनले यसअघि सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने आशंका गरिँदै आएकोमा उनले अहिले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु...
अस्ट्राजेनिका–अक्सफोर्डको कोभिड–१९ खोप ७० प्रतिशत सफल
लन्डन । बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । शुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको उक्त खोपको तेस्रो चरणको परीक्षणको तथ्याँक विश्लेषण गर्दा यस्तो भेटिएको हो । अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिओटले...
बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित
अबुजा । नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ । त्यस बन्दुक हमलामा परी पाँच जनाको ज्यान...









