विश्व विविध

मेक्सिकोमा एक दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिए

मेक्सिको सिटी । मेक्सिको शनिबारमा एकैमा दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसैसँग मेक्सिकोमा कोरोना भाइरस कुल सङ्क्रमितको संख्या १० लाख ३२ हजार ६८८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरस सङ्क्रमणको कारण ५५० व्यक्तिको मृत्यु भएको छ...

इराकमा आइएसद्धारा सात प्रहरीको हत्या

दोहा । इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ । शनिबार सो हमला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ । शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह...

विदेशमा कोरोना संक्रमणबाट २९३ नेपालीको मृत्यु

काठमाडौं । विश्वका विभिन्न मुलुकमा कोरोनाभाइरसबाट संक्रमित नेपालीमध्ये २९३ जनाको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोना संक्रमण सुरु भएयता विदेशका १९ देशमा रहेका २ सय ९३ जना नेपालीको मृत्यु भएको हो । कोरोना भाइरसका कारणले हालसम्म सबै भन्दा बढी साउदी अबरमा ८४ जना,...

भारतमा सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी रहेको छ । भारतमा सङ्क्रमणमुक्त भएकहरुको दर ९३.६ प्रतिशत रहेको केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइएको छ...

मास्क नलगाए २ हजार जरिवाना

दिल्लीमा कोरोना भाइरस संक्रमणको दर उच्च हुन थालेपछि नियन्त्रणका विषयमा मुख्यमन्त्री अरविन्द केजरिवालले सर्वदलीय छलफल गरेका छन् । उनले बैठकमा प्राप्त सुझावका आधारमा संक्रमण रोक्न कदम चाल्ने बताएका छन् । मुख्यमन्त्री केजरिवालले दिल्लीमा मास्क नलगाएमा अब २ हजार जरिवाना गरिने समेत बताएका छन् । यसअघि मास्क नलगाउनेलाई ५ सय...

अमेरिकामा कोरोनाका कारण हुने मृत्यु २ लाख ५० हजार नाघ्यो

वासिङ्टन । कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या बुधबार २ लाख ५० हजार नाघेको रोयटर्सले जनाएको छ। संक्रमणको तेश्रो चरण सुरू भएसँगै अमेरिकामा पछिल्लो समय संक्रमित संख्या बढिरहेको र त्यसले त्यहाँको स्वास्थ्य स्वास्थ्य सेवा प्रणालीमा दबाब बनाएको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ। तेश्रो लहरका कारण अस्पतालमा संक्रमित भर्ना...

बेलायतमा एकैदिन ५९८ जना कोरोना संक्रमितको मृत्यु

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या छ सयको हाराहारीमा पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ५९८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहरपछि एकैदिन यत्तिका धेरै मृत्यु भएको...

कोभिड–१९ बाट विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारी सङ्क्रमित

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका हुन् । उनीहरु सवै जना संगठनको केन्द्रीय कार्यालय जेनेभामा कार्यरत कर्मचारी रहेको पनि अधिकारीहरुले बताएका छन् । संगठनका केही कर्मचारी घरबाटै...

बर्डफ्ल्यु नियन्त्रण गर्न डेनमार्कमा हजारौँ कुखुरा मारियो

बर्डफ्ल्युको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौं कुखुरा मारिएको छ । देशको जुटल्याण्डमा झण्डै २५ हजार खुकुरा मारिएको सरकारी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण रिपोर्टका आधारमा त्यस क्षेत्रका कुखुराबाट बर्डफ्ल्यु फैलिन सक्ने देखिएर कुखुरा मारिएको हो । दुई ओटा क्षेत्रका कुखुराहरुमा त्यस्तो खतरा...

भारतमा कोरोना संक्रमित ८६ लाख नाघे, ८० लाख ६६ हजार संक्रमणमुक्त

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कूल संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ । विगत २४ घण्टाको अवधिमा ५५० जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । भारतमा...