भारतमा कोरोना संक्रमित अमेरिका र ब्राजिलभन्दा तीब्र गतिमा थपिँदै

एजेन्सी
२०७७ श्रावण २३, शुक्रबार १४:२९
file-photo

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित अमेरिका र ब्राजिलभन्दा तीब्र गतिका थपिँदै गएका छन् ।

बिबिसीका अनुसार सबैभन्दा बढी संक्रमित भएका मुलुकमा अमेरिका र ब्राजिल पछि भारत तेस्रो स्थानमा छ।

पछिल्ला केही हप्तामा भारतले परीक्षणको दायरा बढाएको थियो। जसकारण छोटो समयमै धेरै संक्रमितहरू फेला परेका हुन्।

शुक्रबारसम्म त्यहाँ संक्रमितको संख्या २० लाख ३० हजार पुगेको छ। तीमध्ये ४१ हजार ६ सय ७२ जनाले ज्यान गुमाएका छन्।

केही प्रदेशमा परीक्षणको दायरा दैनिक ४० हजार भएपनि कतै भने ६ हजारसम्म मात्रै गरिएको बिबिसीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*