विश्वमा कोरोना सङ्क्रमितको संख्या १ करोड ६४ लाख नाघ्यो, ६ लाख ५२ हजारभन्दा बढीको मृत्यु

एजेन्सी
२०७७ श्रावण १२, सोमबार १५:२५
filr-photo

विश्वमा सोमबारसम्म १ करोड ६४ लाख ३२ हजार १ सय १० जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी ६ लाख ५२ हजार ४ सय ३७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन
(डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये हालसम्म १ लाख ५६ हजार ५ सय ५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५७ लाख २१ हजार ८ सय ४४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।

सङ्क्रमितमध्ये ६६ हजार २ सय २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४३ लाख ७१ हजार ८ सय ३९ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा १ लाख ४९ हजार ८ सय ४९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३७ लाख ४२ हजार ३ सय ६६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । त्यहाँ १ लाख ३४ हजार २ सय ५६ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५१ लाख २९ हजार ९ सय ६ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । त्यहाँ २ लाख ८ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ ।

युरोपमा २७ लाख ८४ हजार ८ सय ४२ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने २ लाख १ हजार ५ सय ३२ को मृत्यु भएको छ ।

एसिया ३९ लाख ५ हजार ४ सय ३९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८७ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ८ लाख ५० हजार ६ सय २८ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १७ हजार ८ सय ८ जनाको मृत्यु भएको छ ।

ओसियानामा १६ हजार ६ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १ सय ८३ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*