विश्व विविध

भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिए

काठमाडौं । भारतमा एकैदिन झण्डै डेढ लाख नयाँ संक्रमित भेटिएका छन् । कोरोना संक्रमणको दोस्रो लहर सामना गरिरहेको भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जना कोरोना संक्रमित भेटिएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ७९४ जना कोरोना संक्रमितको मृत्यु भएको छ...

बाढीपहिरोका कारण इन्डोनेसियामा २० जनाको मृत्यु

जकार्ता । बाढीपहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु पाँच जना अझै पनि बेपत्ता नै रहेका छन् भने अरु नौ जना घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । देशको इस्ट नुसा तेन्गारा प्रान्तमा आइतबार बिहानै बाढी पहिरो आएको राष्ट्रिय प्रकोप व्यवस्थापन...

म्यानमारमा भएको हिंसामा ४३ बालबालिकाको मृत्यु

म्यानमार । म्यानमारमा फेब्रुअरीमा भएको सैन्य ‘कू’ पछि सेनाको हातबाट कम्तीमा ४३ बच्चाको मृत्यु भएको छ । बच्चाका अधिकारका लागि काम गर्ने संगठन ‘सेभ द चिल्ड्रन’ ले यस्तो जानकारी दिँदै म्यानमारमा ‘खराब सपनाजस्तो स्थिति’ भएको बताएका छन् । मृत्यु हुने बच्चामध्ये एक ६ वर्षकी बालिका थिइन् । एक स्थानीय...

ब्राजिलमा कोरोनाका कारण एकैदिन १६ सयभन्दा बढीको मृत्यु

ब्राजिल । ब्राजिलमा कोरोना संक्रमणका कारण एकैदिन एक हजार ६५६ जनाको मृत्यु भएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो । योसँगै ब्राजिलमा हालसम्म कोरोना संक्रमण संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३ लाख १२...

भारतमा एकैदिन थपिए ६२ हजार कोरोना संक्रमित

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार २५८ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतमा अहिलेसम्म ५ करोड ८१ लाखभन्दा बढी जोड कोभिड खोप दिइएको छ । तर कोरोना संक्रमणको दोस्रो लहर फैलिएका कारण संक्रमितको संख्या लगातार बढेको छ । सरकारी अधिकारीहरुका अनुसार महाराष्ट्र,...

कोइला खानी दुर्घटना हुँदा चार जनाको मृत्यु

उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको छ । उनीहरुका शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ । बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए । तीमध्ये ८ जनाको...

भारतमा एकैदिन झण्डै ४१ हजार जनामा कोरोना पुष्टि

भारतमा एकैदिन झण्डै ४१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २३ हजार ६५३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या...

बेलायती प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

बेलायत । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ । युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाएका हुन् । “मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु, यो मेरो पहिलो मात्रा हो, खोप लगाउन सहयोग गर्ने सवैलाई हार्दिक...

कोरियामा बसोबास गर्ने विदेशीलाई कोभिड–१९ परीक्षण गर्न निर्देशन

सउल । दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई स्थानीय सरकारले अनिवार्य रूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र यहाँ रहेका सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो । स्थानीय प्रशासनको निर्देशन नमानी उक्त अवधिमा परीक्षण...

भारतमा कोरोना संक्रमितहरुको संख्या एक करोड १२ लाखभन्दा बढी

भारतमा गत २४ घण्टामा १७ हजार ९२१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कूल संख्या एक करोड १२ लाख ६२ हजारभन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । भारतमा गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणको कारण १३३ जनाको मृत्यु भएसँगै...