ब्राजिलमा कोरोनाका कारण एकैदिन १६ सयभन्दा बढीको मृत्यु
ब्राजिल । ब्राजिलमा कोरोना संक्रमणका कारण एकैदिन एक हजार ६५६ जनाको मृत्यु भएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।
योसँगै ब्राजिलमा हालसम्म कोरोना संक्रमण संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३ लाख १२ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कूल कोरोना संक्रमितको संख्या १ करोड २५ लाख भन्दा बढी पुगेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।–सिन्ह्वा एजेन्सी
