भारतमा एकैदिन झण्डै ४१ हजार जनामा कोरोना पुष्टि

एजेन्सी
२०७७ चैत्र ७, शनिबार १७:१५
filr-photo

भारतमा एकैदिन झण्डै ४१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २३ हजार ६५३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिदै गएको देखिएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार, भारतमा हालसम्म कुल एक करोड १५ लाख ५५ हजार २८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये दुई लाख ८८ हजार ३९४ जना संक्रिय सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ५९ हजार ५५८ जनाको मृत्यु भएको छ । तीमध्ये १८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । एएनआई

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*