कोइला खानी दुर्घटना हुँदा चार जनाको मृत्यु

एजेन्सी
२०७७ चैत्र १३, शुक्रबार १५:१२
सांकेतिक तस्वीर

उत्तर चीनको शांक्सी प्रान्तमा रहेको कोइला खानीमा बिहीबार भएको ग्यास दुर्घटनापछि फसेका चार जना मजदुरको मृत्यु भएको छ ।

उनीहरुका शव शुक्रबार बिहान १०ः३५ फेला परेको दुर्घटनाको उद्धार मुख्यालयले जानकारी दिएको छ ।

बिहीबार बिहान ३ः५१ बजे भएको उक्त दुर्घटनामा १२ जना कामदार फसेका थिए । तीमध्ये ८ जनाको उद्धार गरिएको र चार जनाको मृत्यु भएको हो ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । –सिन्ह्वा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*