सुस्मिता हत्या प्रकरण – आज थुनछेक बहस हुने

तु खबर संवाददाता
२०७७ असार ३०, मंगलवार ०८:३४

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ सुर्यचोककी सुस्मिता केसी थापाको हत्यामा प्रकरणमा संलग्न ४ जनाको बयान हिजो सकिएको छ ।

सरकारी वकिलको कार्यालयले सो हत्या प्रकरणमा संलग्न ५ जना विरुद्ध जिल्ला अदालत मकवानपुरमा अभियोग पत्र दर्ता गराएको थियो ।

जिल्ला अदालत मकवानपुरले आज सोही मुद्धाको थुनछेक बहस हुने जानकारी दिएको छ ।

सरकारी वकिलको कार्यालयले हत्यामा संलग्न ५८ बर्षीय ससुरा प्रकाश थापा र २३ बर्षीया नन्द सीता थापालाई आजीवन कैद सजायको माग गर्दै अभियोग पत्र दाय गरेको छ भने ५० बर्षीया सासु तुलसा थापालाई १२ बर्ष जेल सजाय र जेठी नन्द २७ बर्षीय दुर्गा थापा र उनका पति ३४ बर्षीय अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गरिएको छ ।

४ जनाको बयान हिजो सकिएको भएपनि आरोपी अरुण कार्की भने हिजो अदालतको सम्पर्कमा नआएको थाहा लागेको छ ।

२६ बर्षकी केसी असार २ गते आफ्नै घरको भान्सा कोठामा मृत अवस्थामा फेला परेकी थिईन् ।

उनको हत्यामा संलग्न भएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले असार १५ गते परिवारकै ४ जना सदस्यहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो ।

अदालतको सबै सेवा सुचारु

जिल्ला अदालत मकवानपुरले आइतवारदेखि सबै सेवा सुचारु गरेको छ । लकडाउनको कारण केही सेवामात्रै संचालनमा थियो अहिले क्रमश लकडाउन खुकुलो हुँदै गएपछि अदालतबाट प्रवाह हुने सबै सेवा सुचारु गरिएको हो ।

लकडाउनका कारण अदालतमा उपस्थित हुन नसक्ने पक्षको हकमा सर्वोच्च अदालतबाट जेठ १५ गते जारी भएको आदेश बमोजिम सुविधाहरु यथावत् उपलब्ध हुने जनाइएको छ ।

लकडाउनका कारण उपस्थित हुन नसक्ने पक्षले लकडाउन हटेपछि उपस्थित हुन पाउने व्यवस्था गरिएको जनाइएको छ ।

अदालतमा परिसरमा धेरै भिडभाड नगर्न अदालतले सूचना जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*