सुस्मिता हत्या प्रकरणः प्रकाश थापालाई भीमफेदी र अन्यलाई भरतपुर कारागार पठाउने

तु खबर संवाददाता
२०७७ असार ३१, बुधबार १६:२१
file photo

मकवानपुर । मकवानपुर जिल्ला अदालतले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ सूर्यचोककी सुस्मिता केसी थापाको हत्यारामध्ये एक जनालाई भीमफेदी कारागार र तीन जनालाई चितवनको भरतपुर कारागार पठाउने जनाएको छ ।

अदालतका अनुसार, सुस्मिताको ससुरा प्रकाश थापालाई भीमफेदी कारागार र सासु तुलसा कुमारी थापा, नन्दहरु सीता थापा र दुर्गा थापा कार्कीलाई भरतपुर कारागार पठाउने भएको हो ।

बुधवार जिल्ला न्यायधीश सीता शर्मा अधिकारीको एकल इजालशले सुस्मिता केसी थापाको आफ्नै सुसरा प्रकाश, सासु तुलसा, नन्द सीता थापा र दुर्गा थापा कार्कीलाई पूर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएसँगै उनीहरुलाई कारागार पठाउने भएको हो ।

उक्त अदालतले सुस्मिताको नन्द दुर्गा थापा कार्कीको श्रीमान अरुण कार्कीलाई पक्राउ गर्न पक्राउ पुँर्जी जारी गर्ने भएको छ । यस घटनामा अरुण पनि संलग्न रहेको र उनी हाल फरार रहेका कारण मकवानपुर जिल्ला अदालतले पक्राउ पुँर्जी जारी गर्ने भएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*