समाज विकासमा युवा र अन्तरनिर्भरता सिद्दान्त

सन्दिप न्यौपाने/ मकवानपुर
२०७७ जेष्ठ ९,शुक्रबार १०:३५

पृष्ठभुमी

म चौध बर्ष अध्ययन अनुसन्धान, विकास क्षेत्रका साथै नीजि व्यापारिक क्षेत्रहरुमा व्यवस्थापकीय रुपमा काम गरेको र स्नातकोत्तरसम्म मानविकी संकायमार्फत् समाजशास्त्रमा अध्ययन गरेको व्यक्ति, एक दिन एक जना युवाले मलाई प्रश्न गर्नुभयो : तपाईले कहाँसम्म अध्ययन गर्नु भएको छ ? मैले मेरो योग्यता बताएँ । फेरी उहाँले प्रश्न गर्नुभयो : तपाइको योग्यताले सामाजिक हिसाबमा के फरक परेको छ ? यो बोधगम्य प्रश्नले मलाई बारम्बार घोचिरह्यो र सोचेँ मेरो योग्यताले समाजमा के फरक पर्यो ? सायद् व्यक्तिगत जीवनमा विकास गरेँ होला, सामाजिक रुपमा अलिक सहभागी भन्दा थोरै बिचरणमा परेँ । सोचेँ युवा र अन्तरनिर्भताका सवालहरुमा किन मेरो ज्ञान, सीप, क्षमतालाई प्रयोग नगरौँ ?

समाज विकासमा युवा, अन्तरनिर्भरता, कार्य कारण सिद्दान्त , आत्मनिर्भरताको परिवर्तित सन्दर्भ र यसका चुनौतीहरु, प्रविधीको विकास अनि नैतिकताको कारणबाट समाज कसरी आक्रान्त भइरहेको छ, यसलाई सामाजिक विज्ञानको कसीबाट आउनुहोस् चिरफार गरौँ ।

युवा र अन्तरनिर्भरताको सवाल

विकासका लागि युवा अनिवार्य आवश्यकता हो । विकासको सुचकाङ्कमा विश्वमा जतिपनि विकसित देशहरु सुचित छन् , त्यहाँ युवाहरुको अग्रसरता बिना विकास असम्भव छ । विश्वमा विभिन्न राज्यक्रान्तिहरु भए प्राय राजनीतिक रुपमा केन्द्रित भई विकासको अग्रगामी छलाङ्को रुपमा त्यसले सहायता प्रदान गरेको ऐतिहासिक क्रान्तिहरुले देखाउँछ । जसमा युवाहरु प्रयोग भएका छन् । भू–राजनीतिक वितरण र त्यसमा सर्वशक्तिमान राज्यको जमिन तथा प्राकृतिक स्रोतहरु माथिको बर्चश्वले राजनीतिक अस्थिरता निम्त्याएका प्रमाणहरु प्रशस्त देखिन्छन् । यस सन्दर्भमा जोडिएर आउने एउटा सवाल आत्मनिर्भरताको सवाल हो । आत्मनिर्भरता विकासमा रुचाइएको एउटा महत्वपुर्ण पदावली हो । विश्वव्यापी रुपमा व्यक्ति होस् या राज्य जो सर्वशक्तिमान हुने प्रयत्न गर्दछ उसलाई कुनै न कुनै रुपमा पछाडी पार्ने चलन आदिम असभ्य युगदेखि उत्तर आधुनिक अवस्था छिचोल्ने बेलासम्म चल्दै आएको छ ।

विश्वको विभिन्न देशहरु आफु सर्वशक्तिमान बन्ने होडबाजीले विकास क्रमको प्रक्रियामा प्रथम विश्वयुद्घ र द्घित्तीय विश्वयुद्घ भयो । औपनिवेशिक घटनाहरु विश्वव्यापी चर्चामा रहे र त्यसमा समेत चिन्ता र चासो विद्यमान थियो र छ । तसर्थ, यो आत्मनिर्भरताको दर्शन पूर्ण रुपमा असफल भएकोमा दार्शनिकहरुको मत छ । जसमा महान क्रान्तिकारी बिचारक, दार्शनिक, युग पुरुष, रहस्य द्रष्टा ओशो रजनिश चन्द्र मोहन जैन पर्दछन् । ओशो रजनिश भन्छन्, वास्तबमा कोही कसैलाई पनि आत्मनिर्भर देख्न चाहँदैनन् । आत्मनिर्भरता यस्तो सर्त हो भने किन यसको रुप परिवर्तन गरी जीत जीतको नीति अख्तियारी नगर्ने त ? यसै प्रसंगलाई जोड दिएर ओशोले अब कोही पनि आत्मनिर्भर भन्दा पनि अन्तर्निर्भर हुन्छ भन्ने तथ्यलाई उजागर गर्दछन् । जुन तथ्य सरोपरी हिसाबबाट स्विकारयोग्य रुपमा लिन सकिन्छ । जसमा म आत्मनिर्भर हुन सक्दिन, कुनै न कुनै रुपमा कसैसँग परनिर्भर हुनुनै पर्दछ । जस्तै : श्वास प्रकृतिबाट मानवले लिन्छ, दैनिक खानपान आदि कसैले उब्जनि गरिदिएको खान्छ त उ कसरी आत्मनिर्भर हुन्छ ? यस तथ्यलाई अंगिकार गर्दै आत्मनिर्भरताबाट अन्तर्निर्भता तर्फ किन अभिमुख नहुने त ? भन्ने प्रश्न उठ्छ । यसै आत्मनिर्भरतालाई अन्तर्निर्भतासंग समाहित गरी विकासको प्रक्रियामा युवाहरु सहितको अन्तर्निर्भता अभियानको सान्दर्भिकता यहाँ देखिन्छ ।

यसै तथ्यलाई उजागर गर्दै विकासको प्रक्रियामा जीत–जीतको रणनीति अख्तियारी हुनु मानवको सर्वोपरि हितमा छ । विकास क्रममा व्यक्ति, पद्घति, राजनीतिक समुहले गरेता पनि त्यो प्रक्रियालाई स्विकार गर्न सक्नु सर्वदा उच्चतम हितमा छ, न कि मैले गर्न सकिन अरुले गर्छ भने कसरी उस्लाई सहयोग गरुँ ? यसैगरी सामाजिक उत्तरदायित्व बहन गर्न आ–आफ्नो स्थानबाट भूमिका खेल्न समाजका सचेत नागरिक तथा युवाहरुको टड्कारो आवश्यकता हो र यो तीब्र आन्दोलनको गतीमा प्रभाहित हुनुपर्दछ ।

अन्तरनिर्भरता समस्या र चुनौतीहरु

विकास प्रक्रियामा धर्म, दर्शन, मनोविज्ञान, सामाजिकिकरण, प्रविधी, पद्घति, पहुँच, शिक्षा, चेतना आदि समस्त कारकहरुको महत्वपूर्ण भूमिका रहन्छ । संगसंगै राजनीति, कुटनीति आदिको विकासले सर्वसत्तावादी चिन्तनलाई मलजल गरेको देखिन्छ । अनौपचारिक शिक्षाको रुपमा धर्म दर्शनलाई जोडेर सर्वसत्तावादी सोचलाई विश्वव्यापिकरण गरियो र मानवको मन मष्तिकमा मनलागी, नलागी गुनगान गाउनुपर्ने अवस्था र व्यवस्था सिर्जना गराइयो जसमा आत्मनिर्भरताका हिमायतीहरुको किल्ला हल्लाउन चाइनाको ग्रेटवाल हल्लाउन भन्दा कठिन हुने गरी तानावाना बुनियो ।

औपचारिक शिक्षामासमेत सोही दर्शनको, मनोवृतीको विकास गर्ने किसिमको, तौर तरिका, प्राविधिक केन्द्रिकरण, प्राविधिक विकाससंगै पहुँचमा भएको बढोत्तरीले अहमको मकारबाट ग्रसित विश्वव्यापी दर्शनमा अन्तर्निर्भता एउटा आदर्श मात्र भयो । तर, अन्तर्निर्भता सिद्दान्तले विश्व ब्रम्हाण्डलाई एउटा कसीमा राखेर हेर्दा सम्पूर्ण शिक्षा, धर्म, दर्शन, मनोविज्ञान, प्रविधी पुज्यनिय छन् । अलबर्ट आइन्सटिनले विकासको लागी बनाइएको परमाणुले सर्वसत्तावादी चिन्तन राख्नेको हातमा पुगी विश्व ध्वस्त गर्नसक्ने स्थिती भएको जस्तै उल्लेखित कारकहरु कलुसित भएका कारण पनि अन्तरनिर्भरताको स्विकारोक्तिमा असन्तुलन भैरहेको छ ।

युवा, प्रविधी र अन्तरनिर्भरता

विकास शब्द संगसंगै आउने अन्य महत्वपूर्ण शब्दावलीहरु मध्ये प्रविधी पनि पर्दछ । विश्वव्यापिकरणसंगै प्रविधी र यस्ले ल्याएको चुनौती र सम्भावनाहरुबाट गुज्रिदै फड्को मार्ने क्रममा विश्व अहिले गतिमान छ । पश्चिमा उपलब्धिको उपजको रुपमा सिर्जना भएको प्रविधी तीब्र विकासको अर्को द्योतक हो । जुनसुकै प्रविधीको कुरा किन नगरौं ? चाहे कृषि प्रविधी होस्, चाहे सूचना प्रविधी होस्, चाहे विज्ञान प्रविधी होस्, चाहे औधोगिक प्रविधिहरु हुन् युवाहरुलाई अन्तरनिर्भरताको वृतमा समाहित गर्दा यी पद्घति र प्रविधीको प्रयोगको माध्यमबाट विकासको छलाङ् अनपेक्षित छ । अविकसित, विकासोन्मुख, विकसित र अति विकसित देशका हिसाबमा तुलना गर्दा प्रविधीको प्रयोगको अनुपात अत्यास लाग्दो छ । अविकसित र विकासोन्मुख मुलुकहरुमा यीनै प्रविधी र पद्धतिबाट पिछडिएको देखिन्छ भने विकसीत र अति विकसित मुलुकहरु पनि यसैगरी तीब्र विकासबाट अग्रगतीमा छलाङ् मारेको देख्न सकिन्छ ।

उदाहरणको रुपमा विश्वमा निर्माण गरिएको आश्चर्य बोधक आविस्कारहरुलाई लिन सकिन्छ । कृतिम सुर्य निर्माणसम्मको कुरा आइसक्दा अविकसित र विकासोन्मुख भनिएका देशहरु प्रविधिको पहुँचबाट सर्वदा पछाडी देखिन्छन् । पूर्वीय र पश्चिमा देशहरु बिचको पारस्पारिक अन्तरनिर्भरताको कडीबाट हेदा पूर्वले प्रविधीको स्थापनालाई आफ्नो एउटा अस्त्र बनाउनुपर्ने देखिन्छ भने पश्चिमाले सह–अस्तित्वको, सह«दयताको सिद्दान्तबाट विश्वलाई नियाल्नुपर्ने देखिन्छ ।

नैतिकता सहितको भौतिक सम्वृद्धी

कुनै पनि क्षेत्रको विकासको लागी नीति–नियम, कानून, नैतिकता अनिवार्य सर्त हो । कुनै पनि समाज अथवा देश विकास हुनु र नहुनुमा त्यस क्षेत्रमा वस्ने मानवीय चेतनाको स्तर कस्तो छ भन्ने कुराले निर्देशित गर्दछ । न्युजिल्याण्डमा लिखित कानुन नहुँदा पनि देश चलेको छ र सम्वृद्ध छ कँहि कानुन बनाएर, कसम खाई त्यसैलाई लत्याएर विपरित तवरबाट गरिने कृयाकलापबाट मानवता आक्रान्त छ । जुन देशमा कानूनी राज्य छ सबै नागरिक कानूनका परिपालक छन् सबैै पदीय मर्यादाका पालक छन् भने सम्झनुहोस् त्यो देशको परिवर्तन अवश्यम्भावी छ । ठूला–ठूला युद्घहरुमा होमिएर नासिएका मुलुकहरु नैतिक तवरबाट कर्म गरी सुखी एवम् सम्वृद्घि भएका तथ्य युद्घहरु तथा विपत्तिहरु पछाडी पाइएको छ । विकासका नाममा भएका बिनासहरु र त्यसले निमत्याएका प्राकृतिक विपत्तिहरु मानवीय अनैतिक कृयाकलापका कारकहरु हुन् । प्राकृतिक स्रोत साधनको अनुचित दोहन र यस्को शोषणले मानवतासमेत धरापमा पर्ने स्थिती व्याप्त छ ।

आर्थिक रुपमा सम्पन्न हुनु नै सफलता हो भन्नेहरुले जस्तोसुकै तवरबाट भएपनि आर्थिक उपार्जनलाई मुख्य कडी बनाउँदा मानवतामा नैतिकता शब्द पुनः उत्पती भएको हो । जसरी पनि आर्थिक सम्वृद्घि हासिल गर्ने होडबाजीमा लागू पदार्थ बेचबिखन तथा ब्यापारिकरण, मानव बेचबिखन आदि जस्ता अमानवीय कृत्य भएको छ । यो सबै आर्थिक सवृद्घिलाई दिइएको महत्वको परिणाम हो । यदि कोहि अनैतिक तवरबाट आर्थिक उन्नती गर्दछन् र उनीहरुको समाजमा बोलवाला भए सम्म समाज कसरी नैतिक रुपान्तरणको बाटोमा परिवर्तित हुन्छ ? यसर्थ, नैतिकता सहितको भौतिक विकास मानवजातीको अपरिहार्य आवश्यकता हो । जीत–जीतको नियमले नैतिकताको परिणामलाई उजागर गर्दछ । हरेक समाज, हरेक राष्ट्र मै खाँउ, मै लाँउ, मोज मै गरुँ भन्ने मानिसकताबाट टाढा जानुपर्ने देखिन्छ । जसमा सबैको सर्वोपरी हितको ध्यान राख्न सक्दा भौतिक सफलता कुनै टाढाको गन्तव्य नभएको प्रष्ट हुन्छ ।

उपसंहार

विकासको परिणाम आउनका लागि चार वटा अवस्थाहरु बुभ्नु जरुरी छ । पहिलो, काम पनि नहुने, पैसा पनि नहुने (नो वर्क, नो मनी ),  दोश्रो, काम हुने, पैसा चाहिँ नहुने ( वर्क वर्क, नो मनी ) , तेश्रो, काम पनि हुने, पैसा पनि हुने (वर्क वर्क, मनी मनी ) , अन्तिम, काम चाहिँ नहुने तर पैसा नै पैसा हुने (नो वर्क, मनी मनी ) , यहाँनीर विकासका क्रममा कार्यकारण सिद्दान्तको प्रभाव देखिन्छ ।जसका लागि पहिले कर्म कति गरिन्छ भन्ने कुराले फरक पार्दछ । विकसित भनिएका देशहरुले उल्लेखित सुत्रहरुलाई प्रयोग गरी यसलाई चरितार्थ गरेको पाइन्छ । ती निरीह र असहाय कहलिएका देशहरुले पनि माथि उल्लेखित सुत्रलाई अवलम्बन गर्नुपर्ने देखिन्छ ।

विभिन्न चुनौतीहरुलाई चुनौतीको रुपमा भन्दा पनि खराबभीत्र असल खोज्नु, ढुङ्गाभीत्र मुर्ति खोज्नु भन्ने उक्ति झै असल खोज्नतिर सबै लाग्नु पर्दछ । सामाजिक रुपमा विभिन्न तह र तप्कामा बसेर निर्णय प्रक्रियामा सबैले समान स्वामित्व लिने हो र आ–आफ्नो स्थानमा उत्तरदायीत्व बहन गर्न सक्दा विश्वव्यापी परिवर्तन भएको पाइन्छ । सम्पूर्ण पदीय मर्यादा, नेतृत्व तहमा कुनै पनि क्षेत्रमा सबैले आफ्नो नैतिक जिम्मेवारी लिने हो भने भौतिक सम्वृद्घी कुनै दुर देशको सपना रहँदैन । झन्जटिलो कर्मचारी तन्त्रलाई स्रोत साधनको विकाससंगै प्रविधीको प्रयोग अनिवार्य सर्त बनाउनु पर्दछ । जहाँ नैतिकता, सह«दयतालाई अंगिकार गरी अघि नबढी नहुने एक अनिवार्य सर्त हो । साथै, विकास प्रक्रियामा धर्म, दर्शन, मनोविज्ञान, सामाजिकिकरण, प्रविधी, पद्घती, पहुँच, शिक्षा, चेतना आदि समस्त कारकहरुको महत्वपूर्ण भूमिका रहन्छ र यस्मा राजनीति एवम् सर्वसत्तावादी चिन्तन भन्दा पर बसेर प्रथम विश्व भनिएका मुलुकहरुको जिम्मेवारी हो र दोश्रो मुलुकहरुले समेत मर्यादालाई कायम राख्दै प्राप्त अवसरहरुलाई सदैब उपयोग गर्नु विकासको अचुक कडी हो ।

सयुक्त राष्ट्रसंघीय विश्वबिद्यालय
इन्ष्टिच्युट अफ मकाउ
नेपालका लागी सोधकर्ताको रुपमा कार्यरत

[email protected]


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*