मदन भण्डारीको हत्यारा कहिले पत्ता लाग्छ राष्ट्रपति ज्यू ?

रोशन गौतम
२०७७ जेष्ठ ३,शनिबार १२:४८

अत्यासलाग्दो दासढुंगा दुर्घटनामा जिवराज आश्रित र मदन भण्डारीको निधन भएको आज २७ बर्ष पूरा भएको छ ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो । यो घटना अझै पनि हाम्रो मानसपटलमा ताजै छ ।

पोखरामा हुने सभालाई सम्बोधन गर्न जाँदै गर्दा चितवनको कविलासस्थित दासढुंगामा दुर्घटनामा परेका थिए । जिप त्रिशूली नदीमा खसेको थियो ।

मदन आश्रितको घटनाको छानबिन नभएको भन्दै तत्कालीन एमालेभित्र आलोचना हुने गरेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा जीवित थिए । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन ।

आश्रित र मदन बितेका यी २७ बर्ष परिवारको मात्र होइन , समग्र देशकै जीवन क्षतिग्रस्त भएजस्तो अनुभुति हुन्छ । उहाँहरु जिवित भएको भए , २०५० पछि माओवादिको आन्दोलन र त्यसले उत्पन्न गरेको अरु राजनितीक घटना हुन्थे वा हुन्थेनन्, अहिले अनुमान गर्न कठिन हुन्छ ।

मदन भण्डारी र आश्रित पोखरा हुदै चितवन जानू अघिल्लो दिन १ जेठ २०५० मा काठमाडौंमा भिषण बर्षा भएको थियो ।

उहाँप्रति हार्दिक श्रद्धाञ्जली छ। मदन भण्डारीको पार्टी सरकारको नेतृत्वमा छ र उहाँकी धर्मपत्नी विद्या भण्डारी राष्ट्रपतिको पदमा आसीन हुनुहुन्छ तर उक्त त्रासदीपूर्ण हत्याकाण्डको छानबिन किन हुँदैन ?

आज राष्ट्रपति उनको श्रीमती हुदाँ पनि किन केही शब्द आउँदैन ? श्रीमतीलाई श्रीमानबारेमा अनुसन्धान गर्न यो भन्दा अर्को उपयुक्त समय हुन सक्दैन् । भण्डारीको हत्यारा कहिले पत्ता लगाउने महामहिम राष्ट्रपति ज्यु ?

उता मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई अझै परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता रहेको कम्युनिस्ट नेताहरूले बताउँदै आएका छन् । भण्डारी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिस्ट आन्दोलनमा लाग्नुभएको थियो ।

डुब्न लागेको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लगेर बचाउन सफल भएका जननेता भण्डारीलाई एक चर्चित अमेरिकी पत्रिकाले कार्ल माक्र्स नेपालमा जीवित छन् भनेर लेखेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*