मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली पारित

रासस
२०७७ माघ २३, शुक्रबार १६:४३

मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडामा सम्पन्न तेस्रो सभाले तीन नियमावली पारित गरेको छ ।

सभाको हिजो बसेको बैठकले प्रतिष्ठानको ऐनमा समेत संशोधनको प्रस्ताव पारित गरेको छ।

आदिवासी, सीमान्तकृत, अल्पसङ्ख्यक र दलितमध्येबाट एक जना महिलासहित सभाको सदस्यमा मनोनीत गर्नुपर्ने व्यवस्थाअनुसार मकवानपुरगढी गाउँपालिकाकी रमिला घलानलाई सभाको सदस्यमा मनोनीत गर्ने निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए।

रजिष्ट्रार प्रसाईका अनुसार प्रतिष्ठानको बिहीबार सम्पन्न तेस्रो सभाले कर्मचारी र शिक्षकको सेवा, शर्त र सुविधासम्बन्धी नियमावली पारित गरिएको बताइएको छ।

चालु आर्थिक वर्षबाट तीन वटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा रहेको प्रतिष्ठानले सो प्रतिष्ठानमा नियुक्ति भई कार्य गर्ने प्राध्यापकको तलब स्केल पनि निर्धारण गरेको छ।

सभाले जनशक्ति तथा व्यवस्थापनसम्बन्धी मापदण्ड पनि पारित गर्ने निर्णय गरेको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*