मदन भण्डारी स्पोर्टस् एकेडेमीमा सुवेदीको नेतृत्व

तु खबर संवाददाता
२०७७ फाल्गुन २३, आईतवार ०८:५९

मकवानपुर । मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरको तेस्रो जिल्ला भेलाले प्रकाश सुवेदीको नेतृत्वम्म जिल्ला कमिटी चयन गरेको छ । भेलाले सुवेदीको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कमिटी चयन गर्दै २९ जनालाई सचिवालय सदस्यमा मनोनित गरेको हो ।

एकेडेमीको उपाध्यक्षमा बिक्रम लामिछाने, सचिवमा सुरेश बेरोजगार, सहसचिवमा अनिल अधिकारी तथा कोषाध्यक्षमा मनोज चौलागाईं चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै मदन भन्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष एवम् संविधानसभा सदस्य विनोद श्रेष्ठले एकेडेमीले खेल क्षेत्रमा ठूलो योगदान पुर्याएको बताए । अध्यक्ष श्रेष्ठले खेल र खेलाडीबाट देशलाई पुयाएको योगदानको एकेडेमीले उच्च मूल्यांकन गर्दै जाने र खेल क्षेत्रबाटै नयाँ खेलाडीलाई भविष्यको बाटो देखाउन सहयोग गर्ने बताए ।

भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जुनेली श्रेष्ठले खेल क्षेत्रमा खेलाडीहरु अनुशासित भएजस्तै राजनीतिमा पनि राजनीतिकर्मीहरु नैतिकवान हुनुपर्ने बताइन् ।

एकेडमीका केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले मकवानपुर जिल्लामा मात्रै नभएर देशभर एकेडेमीले खेलकुद क्षेत्रमा सहयोगी भूमिका खेलेको बताए ।

एकेडेमी मकवानपुरका उपाध्यक्ष प्रकाश सुवेदीको अध्यक्षतामा बसेको भेलामा नेकपा केन्द्रीय सदस्य रामेश्वर राना, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, जिल्ला खेलकुद विकास समिति अध्यक्ष सानु लामा, नेकपा जिल्ला कमिटी सदस्य सुनिल मोक्तान, , धर्म लामा, रमिला सापकोटालगायत गाउँपालिका तथा नगर क्षेत्रका खेलाडीहरुको उपस्तिथिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*