हेटौंडामा मदन–आश्रितको प्रतिमा तोडफोड
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर –९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा गएराति अज्ञात समूहले तोडफोड गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको प्रतिमासमेत तोडफोड गरेको हो ।
पार्क व्यवस्थापन समितिले प्रहरीलाई खबर गरिसकेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली घटनास्थलमा पुगिसकेको छ । पार्कमा अन्य कुनै संरचनालाई क्षती नगरी मात्र मदन–आश्रितको मात्र प्रतिमा तोडिएको प्रहरीले जनाएको छ । जीवराज आश्रितको प्रतिमा पुरै उखेलेर फालिएको छ भने मदन भण्डारीको शिर भाचेर लगभग ५० मिटरको दुरीमा लगेर फालिएको अवस्थामा भेटिएको हो । गत असार १४ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मदन–आश्रितको अर्धकदको प्रतिमा अनावरण गरेका थिए ।
