गच्छदारलाई मुद्दा दायर भएपछि हेटौंडाका सडकमा उत्रिँदै कांग्रेस

तु खबर संवाददाता
२०७६ माघ २६, आईतवार ०९:५०

हेटौंडा, २६ माघ । नेपाली कांग्रेस पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचारको मुद्दा दायर भएपछि नेपाली कांग्रेस मकवानपुरका भातृ संगठनहरुले सडक उत्रिने भएका छन् ।

गच्छदारलाई राजनीतिक प्रतिशोधले बालुवाटार जग्गा प्रकरणमा फसाइएको भन्दै सत्तारुढ दल नेकपाको विरोधमा कांग्रेस मकवानपरका भातृ संगठनहरु सडकमा उत्रिन लागेका छन् । तरुण दल, नेपाल विद्यार्थी संघलगायतका भातृ संगठनहरुले आज आइतबार हेटौंडामा विरोध प्रदर्शन गर्दैछन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिततामा गच्छदारमाथि विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

‘कांग्रेसको आन्दोलन व्यक्ति जोगाउन होइन, विधि जोगाउन हो’ भन्दै नेपाली कांग्रेस मकवानपुरका भातृ संगठनहरूको संयुक्त आयोजनामा विरोध प्रदर्शन हुन लागेको हो ।

नेकपा सरकारले गच्छदारलाई मुद्दा दायर गरेर गैर राजनीतिक क्रियाकलाप गरेको भन्दै विरोध प्रदर्शन गर्न लागिएको नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडाले बताए ।

यो पनि पढ्नुहोस् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*