कांग्रेस संसदीय दलको बैठक भोली बस्दै

तु खबर संवाददाता
२०७६ पुष २४, बिहीबार १७:२४
फाइल तस्बिर

हेटौंडा, २४ पुस । प्रदेश ३ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोली बेलुका बस्ने भएको छ । संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संसदीय दलको बैठक भोली बेलुका बस्ने तु खबरलाई बताए ।

कांग्रेस संसदीय दलले राजधानीको विषयमा ठोस निर्णय गर्न सकेको छैन । यसअघि काठमाडौंमा गरेको दलको बैठकले नेकपाको निर्देशनलाई खेद व्यक्त गरेको थियो ।

संसदीय दलका नेता बानियाँले प्रदेशको राजधानी हेटौंडा बनाउनु पर्ने जनाएपनि कांग्रेसकै अन्य सांसदले हेटौंडा मानेर जान नसकिने बताएका छन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*