राष्ट्रिय भूमि आयोग खारेज : १ हजार ४४४ जनाको रोजगारी गुम्ने

काठमाडौँ । राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारले गरेको निर्णयसँगै १ हजार ४४४ जनाको रोजगारी गुम्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले केपी शर्मा ओली सरकारको पालामा स्थापना गरिएको आयोगलाई खारेज गर्ने निर्णय गरेको हो ।
आयोग खारेजसँगै केन्द्रमा नियुक्त ८ जना पदाधिकारीसहित ३१६ जना राजनीतिक नियुक्ति र जिल्लास्तरमा कार्यरत ३०८ जना पदाधिकारी तथा सदस्यको पद स्वतः खारेज हुने छ ।
यस्तै, आयोगमार्फत देशभर नाप नक्सा र सर्वे कार्यका लागि नियुक्त १ हजार १२८ जना करार कर्मचारीको रोजगारी पनि अन्त्य हुनेछ ।
यसरी सरकारको निर्णयले आयोगसँग प्रत्यक्ष रुपमा संलग्न १ हजार ४४४ पदाधिकारी तथा कर्मचारीको जागिर धरापमा परेको छ ।