जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा, मृतक परिवारलाई १०–१० लाख राहत

तु खबर संवाददाता
२०८२ भाद्र २९, आईतवार १२:०१

काठमाडौं । जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाउनेलाई सरकारले शहीद घोषणा गरेको छ । साथै, मृतकका प्रत्येक परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको छ ।

आज पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठकमार्फत सो निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको छ । सो घटनामा १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

सरकारको निर्णयसँगै मृतकका परिवारलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइने जनाइएको छ ।