प्रधानमन्त्रीमा कार्कीको सपथ, प्रचण्ड, देउवा र ओली देखिएनन्

तु खबर संवाददाता
२०८२ भाद्र २७, शुक्रबार २१:५५
तस्बिर क्रेडिट : राष्ट्रपति कार्यालय, शीतल निवास काठमाडौं नेपाल

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री नियुक्त भएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेसँगै सपथग्रहण पनि गराएका छन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश तथा कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । ४२ औँ प्रधानमन्त्रीको रुपमा कार्कीको नियुक्ति भएको हो ।

कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश पनि भएकी थिइन् । पहिलो महिला प्रधानमन्त्रीको रुपमा कार्कीले इतिहास रचेकी छिन् ।

यसअघि जेन जीले गरेको आन्दोलनमा ५१ जनाको मृत्यु भएको थियो भने अन्य कयौँ घाइते भएका छन् । केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि नेपालको शिहदरबार लगायतका प्रशासनिक निकायमा आगजनी भएको थियो ।

सपथ ग्रहणमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएनन् ।