पहिले संसद् विघटन त्यसपछि कार्कीलाई प्रधानमन्त्रीको सपथ

काठमाडौं । दिनभरको छलफलपछि संघीय संसद् विघटन गरी सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने गरी सहमति जुटेको छ । सहमति अनुसार, आजै संघीय संसद् विघटन हुनेछ ।
त्यसलगत्तै कार्कीलाई प्रधानमन्त्रीको सपथ गराउने तयारी राष्ट्रपति कार्यालयको छ ।
अहिले राष्ट्रपति भवनमा यस सम्बन्धी आवश्यक गृहकार्य भइरहेको छ ।
यसअघि नेपालका मुख्य राजनीतिक दल, सभामुख तथा राष्ट्रियसभाका अध्यक्षले यही संविधानबाट निकास खोज्न राष्ट्रपतिलाई अपिल गरिएको थियो । तर, पहिले कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाएर मात्रै संसद् विघटन गर्ने अडानबाट राष्ट्रपति रामचन्द्र पौडेल पछाडी हटेका छन् ।