जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

तु खबर संवाददाता
२०८२ भाद्र २७, शुक्रबार १३:३४

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लाका नागरिक रहेका छन्।

प्रहरीका अनुसार मृतकमध्ये तीन जना प्रहरी र एक भारतीय महिला समेत परेका छन्। हालसम्मको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ भने अन्य जिल्लामा पनि थप घटनाहरू घटेका छन्।

प्रहरीले दिएको विवरणअनुसार बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना र बाँकी जलेको अवस्थामा मृत भेटिएका छन्। आन्दोलनका क्रममा २१ जना गोली लागेर मृत्यु भएको र १८ जनाको शव विभिन्न जलाइएका घरभित्र फेला परेको जनाइएको छ। त्यस्तै, ९ जना विभिन्न कारागारमा कैदीबीच भएको झडपमा मारिएका छन्।

पहिलो दिनको प्रदर्शनकै क्रममा २१ जनाको मृत्यु भएको थियो भने हालसम्म यो संख्या ५१ पुगेको हो। मृतकमध्ये तीन प्रहरी र एक भारतीय महिलासहित अन्य जिल्लाका नागरिक पनि रहेको प्रहरीको तथ्यांकले देखाएको छ।