राजनीतिक संवादबाट छिटो समाधान निकाल्न संयुक्त अपिल

तु खबर संवाददाता
२०८२ भाद्र २४, मंगलवार १६:५८

काठमाडौँ । सुरक्षासंस्था र प्रशासनका उच्च अधिकारीहरूले राजनीतिक संवादमार्फत् शान्तिपूर्ण समाधान निकाल्न सबैलाई आग्रह गरेका छन्।

मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले संयुक्त विज्ञप्ति जारी गर्दै देशमा उत्पन्न संकट राजनीतिक संवादबाट समाधान गर्न सकिने बताएका छन्।

प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएर बालुवाटार छाडेपछि जारी विज्ञप्तिमा छिटो नयाँ राजनीतिक व्यवस्थाका लागि पहल गर्न आग्रह गरिएको छ। यस अपिलमा प्रशासनका उच्च अधिकारीहरू मात्र नभई नेपाली सेनाका प्रमुखसमेत सहभागी हुनु विशेष मानिएको छ।

नेपाली सेनाले केहीबेरअघि सार्वजनिक गरेको विज्ञप्तिमा मुख्य सचिव अर्यालसहित सबै सुरक्षा निकायका प्रमुखहरूको नाम समावेश छ। राजनीतिक बक्तव्यमा सेनाको यसरी प्रत्यक्ष सहभागिता जनाइएको यो सम्भवतः पहिलो घटना भएको बताइएको छ।

आग्रह गरेका हुन् ।

543307218_1285949096645223_6893888005365998681_n