गृहमन्त्री रमेश लेखकको राजीनामा

तु खबर संवाददाता
२०८२ भाद्र २३, सोमबार २०:१०

काठमाडौं । जेनजी आन्दोलन नियन्त्रणका क्रममा भएको हिंसात्मक घटनामा १९ जनाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले सोमबार साँझ राजीनामा दिएका छन् ।

स्रोतका अनुसार लेखकले मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएका हुन् । उनले घटनाप्रति नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै पद त्याग गरेको बताइएको छ ।

आन्दोलन नियन्त्रणका क्रममा काठमाडौँमा सुरक्षा निकायले बल प्रयोग गर्दा ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएका थिए ।