लिपुलेक विषय उठाउन मेयर शाहको प्रधानमन्त्री ओलीलाई आग्रह
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनको भ्रमणमा लिपुलेकबारे कुरा उठाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओली आज बिहान चीन प्रस्थान गरेपछि सामाजिक सञ्जालमा मेयर शाहले भ्रमणका क्रममा लिपुलेक नेपालको हो भन्ने विषय चीनलाई सम्झाउन आग्रह गर्नुभएको हो ।
‘नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला, हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।’ मेयर शाहले लेख्नुभएको छ ।
भारत र चीनले नेपाली भूमि लिपुलेक हुँदै व्यापार शुरु गर्ने हालै सहमति गरेको अवस्थामा ओलीको यो चीन भ्रमणलाई महत्त्वका साथ हेरिएको छ ।



