संसदका पाँच संसदीय समितिको बैठक बस्दै

तु खबर संवाददाता
२०८२ श्रावण १२, सोमबार १०:२०
file-photo

काठमाडौँ । आज सोमबार संघीय संसदअन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।

मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनाको मस्यौदाका सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनहरूमाथि संशोधनकर्तासँग छलफल गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा सरोकारवालासँग अन्तरक्रिया गरिने कार्यक्रम तय गरिएको छ।

सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा नेपाल सरकारका सबै सचिवहरूसँग छलफल गरिनेछ।
विधायन व्यवस्थापन समिति जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।