लुम्बिनीमा जसपा नेपालले लियो समर्थन फिर्ता

तु खबर संवाददाता
२०८२ असार १३, शुक्रबार १८:०४

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बजेटमा सुशासन र समावेशी नभएको र सरकार असफलताको बाटोमा रहेकोले समर्थन फिर्ता लिनु परेको सो पार्टीले जनाएको छ ।

जसपा नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई दिएको समर्थन नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार फिर्ता लिइएको हो । प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था सो धारामा छ ।

सोही व्यवस्था बमोजिम आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका जसपा नेपालको भनाई छ ।