माओवादी केन्द्रमा फर्कदैँ गंगानारायण श्रेष्ठ

तु खबर संवाददाता
२०८२ जेष्ठ १२, सोमबार ०७:५९
file-photo

काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगा नारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच आज सोमबार एकता हुँदैछ । नेसपाले नेकपा माओवादीसित पार्टी एकता गर्ने निर्णय गरेपछि यो वातावरण बनेको हो ।

गत निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचन लडेका महिन्द्रा राय यादव पार्टी एकताबाट पछि हटेपछि श्रेष्ठले आफ्नो नेतृत्वमा पार्टी एकता गर्ने निर्णय लिएका हुन् । बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावीसहित उनी एकतामा जान लागेका हुन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनेछन् । प्रचण्डसहित अन्य केन्द्रीय स्तरका नेताहरुले सो एकता कार्यक्रमलाई सम्बोधन गर्ने माओवादी केन्द्रदे जनाएको छ ।

पहिले माओवादी केन्द्रकै नेता रहेका श्रेष्ठ पछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आवद्ध भए । अहिले एकता प्रकृयाबाट पुनः माओवादी केन्द्रमै फर्किँदैछन् ।