बल्खुमा मृत भेटिए मकवानपुरका दाहाल, ६ जना नियन्त्रण
काठमाडौं । मकवानपुर घर भएका रामकृष्ण दाहाल बल्खुमा मृत अवस्थामा भेटिएका छन् । दाहाल बल्खुस्थित तरकारी बजार नजिकै मृत अवस्थामा भेटिएका हुन् ।
बल्खुस्थित मोहन बस्नेतको एक तले टिनको टहरमा डेरा गरी बस्ने दाहाल मृत भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, मृतकको टाउकामा चोट लागेको पाइएको छ ।
उनको हत्या भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेको सबै जना मृतक दाहालसँगै बस्दै आएका थिए ।
उनीहरू सबै ज्यामी काम गर्नेहरू रहेको बुझिइएको छ । नियन्त्रणमा रहेका एक जनाले दाहालले बिहानीपख रगत वान्ता गरेको प्रहरी समक्ष बयान दिएको भएपछि घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
