हेटौंडामा आजबाट दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुँदै

तु खबर संवाददाता
२०८१ फाल्गुन ६, मंगलवार ०८:३२

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव हुने भएको छ । महोत्सव निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन लागेको हो ।

हेटौंडा–१०, टिसिएन चौरमा हुने महोत्सव फागुन १८ गतेसम्म हुनेछ । महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्नेछन् । उद्घाटन अघि बिहान साढे १० बजे हेटौंडा–४ को हुप्रचौरको दक्षिणमा जम्मा भएर पारिजातपथ, बुद्धचोक, टिसिएन चौर पुगेर शोभायात्रा समापन हुने आयोजकले जनाएको छ ।

यस्तै, महोत्सवको दोश्रो दिन भोलि फागुन ७ गतेदेखि हरेक दिन हेटौंडा आईडलको प्रतियोगिता, स्थानीय कलाकारहरुले प्रस्तुती र चर्चित राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

मेलामा करिब ३०० वटा स्टलहरु रहनेछ । मेलामा नविनतम निर्माण उपकरण तथा सामाग्रीहरु, बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन, स्थानीय तथा राष्ट्रिय औद्योगिक उत्पादन, सूचना प्रविधि तथा कृषि उत्पादन, घरेलु तथा हस्तकला सामाग्री, महिला उद्यमीद्वारा उत्पादित सामाग्रीहरुको बिक्री–वितरणमा राखिने आयोजकले जनाएको छ ।

साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्वारा मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम शैक्षिक, घरजग्गा, अटो, खाना तथा बस्तु र सेवाको प्रदर्शनी एवम् बिकी बाल उद्यानको व्यवस्था नविनतम लञ्च भएका इभी सवारी साधानहरु पनि बिक्रीका लागि राखिनेछ ।