गोदावरीमा आमा–छोरी मृत अवस्थामा फेला
काठमाडौं । कैलालीको गोदावरीमा दुई जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ११ गोठानमाको एक घरमा आमा–छोरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, अन्दाजी २४ वर्षीया मिरा कामी र उनकी २ वर्षीया छोरी प्रिन्सी बिहीबार साँझ ७ बजेको समयमा मृत अवस्थामा भेटिएका हुन् । चार कोठे टिनको छानो भएको घरमा उनीहरू मृत अवस्थामा भेटिएका हुन् ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।
