मोबाइल एशोसिएसन मकवानपुरको अध्यक्षमा न्यौपाने
मकवानपुर । मोबाइल बिक्रेताहरुको संस्था मोबाइल एशोसिएसन अफ नेपाल मकवानपुरको अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् ।
न्यौपाने आफ्ना प्रतिस्पर्धी रोहिणीप्रसाद गौतमलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । न्यौपाने ७५ मत प्राप्त गर्दा गौतमले ५७ मत प्राप्त गरे ।
यस्तै, एशोसिएसनको उपाध्यक्षमा अनिलदास बानियाँ निर्वाचित भएका छन् । आफ्ना प्रतिस्पर्धी शिवराज बास्तोलालाई पराजित गर्दै बानियाँ अध्यक्षमा निर्वाचित भएका हुन् ।
बानियाँले ८२ मत प्राप्त गर्दा बास्तोलाले ४९ मत मात्र प्राप्त गरेका थिए । १ सय ३४ जना सदस्य रहेको एशोसिएसनमा १ सय ३२ मत खसेको थियो ।
एशोसिएसनको अन्य पदाधिकारी तथा सदस्य भने निर्विरोध चयन भइसकेका छन् । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा राजकुमार दाहाल, महासचिवमा मिलन स्याङ्तान, सचिवमा सुमन रायमाझी, कोषाध्यक्ष प्रवेश चापागाईं सहकोषाध्यक्ष पुष्पराज गौतम निर्विरोध चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा एदिश रिजाल, जीवनाथ अधिकारी, पप्पुकुमार केशरी, सन्तोष दाहाल, अदाम हुसेन मसुरी र निरोज रिमाल रहेका छन् । १५ सदस्यीय कार्यसमितिमा बाँकी २ सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।
एशोसिएसनको १४ औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशन उद्घाटन कार्यक्रम एशोसिएसनका अध्यक्ष नवराज चौलागाईको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
