जलेश्वर कारागारका एक कैदीको मृत्यु

तु खबर संवाददाता
२०८१ माघ २०, आईतवार १०:१३
सांकेतिक तस्वीर

जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका–१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महरा रहेका छन् ।

कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीका अनुसार, अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा शनिबार राति २ः३० बजेतिर मृत्यु भएको हो ।

मृतक महरा पहिलेदेखि नै औषधि सेवन गरिरहेका थिए । २०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै उनलाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो ।

त्यसबेलादेखि फरारका लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरेको थियो ।