हेटौंडामा सामूहिक वेल विवाह हुँदै
मकवानपुर । इहि यज्ञ सुवर्ण कुमार वेल विवाह गुठी हेटौंडाको आयोजनामा ५३ औँ सुवर्ण कुमार वेल विवाह कार्यक्रम हुने भएको छ ।
गुठीले पत्रकार सम्मेलनमार्फत् यही माघ २० र २१ गते सामुहिक वेल विवाहको आयोजना गर्न लागेको जानकारी गराईएको हो । हेटौंडा १० निवासी शंकरलाल श्रेष्ठले उक्त कार्यक्रम बसपार्क क्षेत्रमा गरिने जानकारी दिए ।
वेल विवाह कार्यक्रममा यस वर्ष ७२ जना कन्याको सहभागिता रहने उनले बताए । २०२९ साददेखी काठमाडौं उपत्यका बाहिर हेटौंडामा पहिलो पटक वेल विवाह गरिएको उनले बताए ।
विगत सम्झदैँ उनले २०४२ सालतिर पूर्वमा विराटनगर र पश्चिममा धनगढी, वीरजञ्जसम्मका नेवारी समूदायका कन्याहरुको सयौं संख्यामा सहभागिता रहने बताए ।
हाम्रो यस कार्यक्रममा नेवारी जातीकै ब्राह्मण, ब्राह्मणी, कर्माचार्य, जोशी, सेवाचार्य, प्रजापति र नापित गरी ७ जातीय पुजारीहरुद्धारा पुजा गरिने प्रचलन रहेको श्रेष्ठले बताए ।
पत्रकार सम्मेलनमा गुठीका अध्यक्ष हरिषचन्द्र श्रेष्ठ, भुवनलाल श्रेष्ठ, शंकरलाल श्रेष्ठ, शर्मिला श्रेष्ठ, सुवर्णलाल श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
