हेटौंडा जेसीज वर्ष २०२५ को अध्यक्षमा बानिया निर्वाचित

तु खबर संवाददाता
२०८१ पुष १४, आईतवार ०८:४४

मकवानपुर । हेटौंडा जेसीज वर्ष सन् २०२५ को अध्यक्ष पदमा पंकजदास बानिया निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा बानिया नेतृत्वको प्यानल नै विजयी भएको हो ।

अध्यक्ष र दुई कार्यकारिणी उपाध्यक्ष तथा चार उपाध्यक्ष पदका लागि निर्वाचन भएको थियो । अध्यक्ष पदमा प्रतिस्पर्धी विवेक आनन्द न्यौपानेलाई ४ मतले पछि पार्दै बानिया निर्वाचित भए ।

बानियाले ९२ मत प्राप्त गर्दा प्रतिस्पर्धी न्यौपानेले ८८ मत पाए । निर्वाचन समितिका अनुसार १ सय ९९ मतदाता रहेकोमा १ सय ८० मत खसेको थियो ।

२०२५ को लागि कार्यकारिणी उपाध्यक्षमा सन्तोष पराजुली र विश्वप्रसाद गौतम विजयी भएका छन् । पराजुलीले १ सय २ र गौतमले १ सय १ मत प्राप्त गर्दै कार्यकारिणी उपाध्यक्षमा विजयी भएका हुन् । कार्यकारिणी उपाध्यक्षका अन्य दुई प्रतिस्पर्धी सुदीप तिमल्सिनाले ८५ र गंगाप्रसाद पौडेलले ७० मत प्राप्त गरेका छन् ।

उपाध्यक्ष पदमा किरण आले (१६६), विवेक फुंयाल (१४८), प्रवीण श्रेष्ठ (१२८) र कुशल रिजाल (११३) मत प्राप्त गर्दै विजयी भएका छन् ।

उपाध्यक्षमा पराजित भएका शिशिर पराजुलीले (८२) र विराज गौतमले (७८) मत पाए । हेटौडा जेसीजको आगामी बैठकले महासचिव, कोषाध्यक्षलगायतका पदमा मनोनितको निर्णय गर्ने व्यवस्था छ ।